१३ श्रावण २०८३, बुधबार
,
Latest
सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित दैनिक एक हजार ५०० ई–राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र युएईबीचको खेल वर्षाले अवरुद्ध



अ+ अ-

काठमाडौँ। नेपाल र संयुक्त अरब इमिरेट्स  (युएई) बीच भइरहेको टि ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खला वर्षाका कारण अवरुद्ध भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेल वर्षाका कारण प्रभावित भएको हो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएपछि वर्षा सुरु भएको हो ।

नेपालका लागि  ओपनर कुशल भुर्तेलले ९ बलमा १६ रन बनाउँदा अर्जुन साउदले ११ बलमा १३ रन जोडे । सन्दीप जोराले ६ रनमै आफ्नो विकेट गुमाए । मध्यक्रममा कुशल मल्लले १७ रन बनाए भने कप्तान दीपेन्द्रसिंह ऐरीले ३५ बलमा अविजित ३२ रनको महत्त्वपूर्ण इनिङ्स खेले ।

बासिर अहमदले १४ रन योगदान गरे भने अन्त्यतिर नन्दन यादवले ७ बलमा २ छक्कासहित १३ रन जोड्दै टोलीलाई १२२ रनसम्म पु¥याए । यूएईका तर्फबाट मोहम्मद जुहैबले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । जुनैद सिद्दिकीले २ विकेट लिए भने हैदर अली र मोहम्मद अरफानले समान १–१ विकेट लिए ।

नेपालले पावरप्लेमा ३ विकेट गुमाउँदै ४० रन बनाएको थियो । १० ओभरमा ६२÷३ को स्थितिमा रहेको नेपालले १६.३ ओभरमा १०० रन पूरा गरेको थियो ।  रासस