५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

नेकपाको सचिवालय बैठक: ‘उपनिर्वाचन खतराको घण्टी’

नेकपाको सचिवालय बैठक: ‘उपनिर्वाचन खतराको घण्टी’
अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले उपनिर्वाचनले पार्टीलाई खतराको घण्टी दिएको विश्लेषण गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बसेको सचिवालय बैठकले उपनिर्वाचनले खतराको संकेत गरे पनि प्रतिकूल अवस्था नरहेको निष्कर्ष निकालेको छ । नेकपाले विशेषगरी धरान उपमहानगरपालिका र भक्तपुर १(ख) प्रदेशसभा सदस्य हारलाई विशेष चासोका साथ हेरेको छ । तल्लो कमिटिलाई उपनिर्वाचनमा भएको के हो भनेर रिपोर्ट पठाउन निर्देशन दिएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को एकल अध्यक्षतामा बसेको बैठकले निर्वाचन भएका क्षेत्र र स्थानीय तहका पार्टी कमिटीहरूलाई २३ गते अगाडि चुनावी समीक्षात्मक प्रतिवेदन पठाउन निर्देशन दिएको हो । के, कति कारणले निर्वाचनमा हार ब्यहोर्नु परेको हो लेखी पठाउनु भनी सचिवालयले मातहतका कमिटिलाई निर्देशन दिएको छ । नेकपाले यसअघिको निर्वाचनभन्दा बढी सिट जित निकाले पनि पुरानो जितेको धरान उपमहानगरपालिकाको मेयर, भक्तपुर १(ख) प्रदेशसभा सदस्य र सात वटा वडामा पराजित भएको थियो ।

सामान्य रूपमा भएको छलफलमा नेकपाले प्रचार गरिएजस्तो अवस्था भने नरहेको निष्कर्ष निकालेको छ । केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा केही तत्वले नेकपाविरुद्ध भ्रामक समाचार र कुरा लेखे पनि स्थानीय स्तरमा त्यस्तो अवस्था नदेखिएको निष्कर्षमा पुगेको हो । यद्यपि स्थानीय तहका जनप्रतिनिधिसँग जनता रुष्ट रहेको निष्कर्षमा भने पुगेको एक सचिवालय सदस्यले जानकारी दिए । ‘यो केन्द्रमा बसेको गरेको प्रारम्भिक समीक्षा हो’, उनले भने,‘ स्थानीय कमिटिलाई रिपोर्ट पठाउन भनेका छौँ, आएपछि अन्तिम निष्कर्षमा पुग्छौँ ।’

नेकपाले चुनावी समीक्षा गर्न २३ गते पुनः सचिवालय बैठक आह्वान गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सचिवालय बैठकले निर्वाचन भएका प्रतिनिधि सभा, प्रदेश सभा, गाउँ/नगर र वडा कमिटीलाई समीक्षा पठाउन भनेको भने । ‘दाङको घोराही–१६ मा हाम्रै बागी उम्मेदवारका कारण हारिएको हो । अरू ठाउँमा पार्टीभित्र अन्तरघात भएको कुरा आएको छैन,’ श्रेष्ठले भने, ‘आफ्नो क्षेत्रमा के भएको हो भन्नेबारे दुई दिनभित्र समीक्षा पठाउन सम्बन्धित कमिटीलाई भनेका छौँ ।’

स्थानीय तहका काम कारबाहीका कारण विगतमा कांग्रेसले जितेको ठाउँमा नेकपाले जितेको र नेकपाले जितेका केही वडा गुमाउनुपरेको संस्थापन पक्षको विश्लेषण रहेको छ । तर नेकपाभित्रै अर्को पक्षले भने चुनावको समीक्षा गर्दा केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारका कामप्रति जनताको असन्तुष्टि घटाउने उपाय खोजेर गर्नुपर्ने बताइरहेको छ । पार्टीले समग्रमा चुनावी नतिजामा घाटा नबेहोरे पनि केही ठाउँका चुनावले खतराको घण्टी दिएको छ । त्यस्तै बैठकले उपचाररत प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीको शीघ्र स्वास्थ्यलाभको कामनाको प्रस्ताव पारित गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारेजानकारी गराएका थिए । प्रवक्ता श्रेष्ठले पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा पनि आगामी बैठकमा छलफल हुने बताए । बैठकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम, महासचिव विष्णु पौडेल, नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा सहभागी थिए । प्रधानमन्त्री एवं अध्यक्ष ओली अस्पतालमा, झलनाथ खनाल र ईश्वर पोखरेल इलाममा भएकाले बैठकमा उपस्थित थिएनन् । सौर्य दैनिकबाट