• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

१० दिनपछि अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री



काठमाडौं । मंसिर १० गते पेट दुख्ने समस्या भएपछि अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी ओली १० दिनपछि डिस्चार्ज भएका छन्।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको देखिएपछि शल्यक्रिया भएको थियो।

शल्यक्रियापछि १० दिन अस्पतालमा आराम गरेर बिहिबार प्रधानमन्त्री ओली डिस्चार्ज भएका हुन्।