२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले दलको नेता वैशाख ४ मा चुन्ने, केसीको पक्षमा गगन, भिष्मराजलाई विश्वको भर



अ+ अ-

काठमाडौँ: नेपाली कांग्रेसले संसदीय दलको नेता आगामी वैशाख ४ गते चयन गर्ने भएको छ । यसका लागि सो पार्टीले सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरेको छ । सो निर्वाचन समितिमा राजु कटुवाल र मुना भुसाल पनि सदस्य छन् ।

सो समितिले वैशाख २ गते निर्वाचन कार्यतालिका प्रकाशित गर्ने भएका छ भने ४ वैशाखमा निर्वाचन गर्ने निर्णय पनि आइतबार गरेको छ ।

दलको नेता चयनका लागि सर्वसम्मतिको प्रयास भए पनि सम्भव भने नदेखिएको कांग्रेस स्रोतले बतायो । अहिलेसम्म भएको चर्चामा संसदीय दलको नेताका लागि नेता अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख दाबेदार मानिएका छन् ।

पछिल्लो समयमा केसीका कारण पार्टी सभापति गगन थापालाई पनि विवादमा तानिएको छ । किनभने केसी नेता थापाका ससुरा हुन् । यी दुई मुख्य दाबेदार नेता केसी र आङ्देम्बे दुवै समानुपातिक सांसद भएकाले प्रत्यक्ष निर्वाचितलाई दलको नेता बनाउनुपर्ने तर्क पनि कांग्रेसमा पछिल्लो समयमा जोडतोडका साथ उठेको छ ।

यसका लागि रसुवाबाट निर्वाचित सांसद मोहन आचार्य पनि उम्मेबार बन्न सक्ने देखिन्छ । यस विषयमा गगन पनि सकारात्मक हुन सक्ने देखिएको छ । तर कांग्रेस स्रोतका अनुसार यदि केसीको पक्षमा परिणाम आउने जस्तो लागेन भने गगनले नै आचार्यलाई अघि सार्न सक्ने देखिएको छ ।

यता भिष्मराजको पक्षमा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा देखिएका छन् । केसीलाई नेता बनाउँदा हिजो जेनजी आन्दोलनका क्रममा उठेको नेपो बेबी र नातावाद कृपावादको प्रसंग पुनः देशमा उठ्ने भएकाले केसीको पक्षमा विश्वप्रकाश नरहेको बताइन्छ ।

त्यसैले उनले जनजाति पनि हुने र विवादमा पनि नपरिने बाटो अपनाएको हुनसक्ने देखिएको छ । कांग्रेसको एक समाचार स्रोतका अनुसार संसदीय दलको नेताकै कारण पछिल्लो समयमा कांग्रेसका सभापति गगन र उपसभापति विश्वप्रकाशका बीचमा पनि असमझदारी देखिएको छ ।