३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल

देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल

देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल
अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवद्र्धनमा सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ ।

पत्रकारहरुको सम्मानमा बुधबार काठमाडौंमा आयोजित सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उहाँले महासंघले अघि सारेका नीतिगत एजेन्डा र निजी क्षेत्रका सरोकारलाई राष्ट्रिय बहसमा स्थापित गर्न मिडियाले खेलेको भूमिकाको प्रशंसनीय रहेको धारणा राख्नु भयो ।

अध्यक्ष ढकालले पत्रकारहरूले सरकार, निजी क्षेत्र र नागरिकबीच सेतुको भूमिका निर्वाह गरेको उल्लेख गर्दै पत्रकारितालाई नीति निर्माणमा मार्गदर्शक शक्ति रहेको धारणा राख्नु भयो । अध्यक्ष ढकालले आफ्नो कार्यकालको अन्त्यतिर आयोजित कार्यक्रमलाई निजी क्षेत्र र सञ्चार क्षेत्रबीच सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै महासंघले सधैं सञ्चारमाध्यमबाट प्राप्त रचनात्मक सुझावलाई ग्रहण गरेको धारणा राख्नु भयो ।

उहाँले कोभिड–१९ पछिको आर्थिक संकुचन र पछिल्ला गतिविधिका कारण अर्थतन्त्र प्रभावित भए पनि महासंघले नीतिगत पैरवी, लगानी प्रवद्र्धन र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा काम गर्दै आएको बताउनु भयो । “ विभिन्न कारणले अर्थतन्त्र प्रभावित भयो, यद्यपी महासंघले आर्थिक संकट समाधान, लगानीमैत्री वातावरण निर्माण, सार्वजनिक–निजी साझेदारी सुदृढीकरण, रोजगारी सिर्जना र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरि यो अवधीमा काम गर्‍यो । उहाँले भन्नु भयो , यस अवधिमा कानूनी सुधार, उच्चस्तरीय आर्थिक सुधार आयोग गठन तथा त्यसका सुझाव कार्यान्वयन तथा राष्ट्रिय आर्थिक बहसमार्फत आर्थिक विकासका मुद्दामा साझा धारणा निर्माण गर्ने प्रयास महासंघले गरेको छ । ”

तीन वर्षको अवधिमा महासंघले नीतिगत सुधारमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्ल्ेख गर्दै उहाँले परम्परागत माग राख्ने भूमिकाबाट अघि बढ्दै नीति निर्माण प्रक्रियामै सक्रिय सहभागिता जनाइएको बताउनु भयो ।

महासंघले राष्ट्रिय आर्थिक बहसमार्फत सरकार, राजनीतिक दल, नियामक निकाय र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याएको उल्लेख गर्दै अध्यक्ष ढकालले त्यसकै परिणामस्वरूप उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भएको र सो आयोगको शिफारिश अनुसार ३० भन्दा बढी कानुन संशोधन गरिएको धारणा राख्नुभयो ।

साथै उहाँले महासंघकै शिफारिश अनुसार नयाँ सरकारले निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीति (पीएसपीपी) स्वीकृत गरेको र यसले लगानी र व्यवसायको सुरक्षा तथा सम्मान सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष ढकालले महासंघकै पहलमा द्विपक्षीय लगानी सम्झौताको मस्यौदा तयार भई विभिन्न देशहरूसँग सम्झौताको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । सोही अनुसार भारत, चीन, संयुक्त अरब इमिरेट्स, कतार, बेलायतलगायत देशमा लगानी सम्मेलन तथा संवाद कार्यक्रम आयोजना गरी नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्ने प्रयास गरिएको बताउनुभयो ।

उहाँले महासंघकै पहलमा आन्तरिक लगानी प्रवद्र्धनका लागि १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको र यसले पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नयाँ ढाँचा प्रस्तुत गरेको बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ,नेपाल आर्थिक पत्रकार समाज (सेजन),आर्थिक पत्रकार संघ (नाफिज),नेपाल महिला आर्थिक पत्रकार संघ (फेजा),इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) तथा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) लाई संस्थागत रुपमा सम्मान गरिएको थियो ।