५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

९ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्न प्रस्ताव, क–कसको सकिँदै छ पदावधि ?

९ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्न प्रस्ताव, क–कसको सकिँदै छ पदावधि ?
अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले आगामी ९ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन सरकारलाई सुझाब दिएको छ । आयोगले सोमबार सबै राजनीतिक दलसँग छलफल गरेपछि अपराह्न प्रधानमन्त्री केपी ओलीलाई भेटेर राष्ट्रिय सभा सदस्यको निर्वाचनका सम्बन्धमा परामर्श दिएको हो । राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आफूहरू तयार रहेको बताएपछि आयोगले औपचारिक रूपमै सरकारलाई परामर्श दिएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि संवैधानिक व्यवस्थाअनुसार १५ माघभित्र नतिजा आइसक्ने गरी निर्वाचनको मिति तोक्न सुझाब दिएको बताए । उनले संविधानको धारा ८६ को उपधारा (४) बमोजिम आगामी २० फागुनमा म्याद समाप्त हुने १९ जना राष्ट्रिय सभा सदस्यको निर्वाचन एवं मनोनयनसम्बन्धी तयारीका विषयमा जानकारी गराएका थिए ।

राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि हरेक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्थाबमोजिम अर्थमन्त्री डा. युवराज खतिवडासहित १९ जना सदस्यको पदावधि २० फागुनमा सकिँदै छ । रिक्त हुने १८ पदका लागि सातवटै प्रदेशबाट निर्वाचन हुने र एकजना राष्ट्रपतिले मनोनीत गर्ने आयोगले जनाएको छ । राष्ट्रिय सभाका ५९ सदस्यले सभाको पहिलो बैठकमै गोला प्रथाबाट आफ्नो कार्यकाल आफैँ निर्धारण गरेका थिए ।

क–कसको सकिँदै छ पदावधि ?राष्ट्रिय सभाका ५९ सदस्यमध्ये पहिलो दुई वर्षमा १९, चार वर्षमा बाँकी २० र अन्य २० जनाको कार्यकाल ६ वर्षको छ । दुईवर्षे कार्यकाल पूरा गर्नेमध्ये नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नौ, कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एकजना छन् । पदावधि सकिनेमा सरिता प्रसाईं, मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा, विन्दादेवी आले राणा, मीना बुढा, युटोल तामाङ र कमलाकुमारी ओली, छन् । यस्तै, दलिततर्फबाट खेमराज नेपाली र रामपृत पासवान, अपांगता भएकातर्फ राजकुमार कुँवर र वृषेशचन्द्र लाल छन् ।

अन्यतर्फ प्रदेश १ बाट हरिचरण सिवाकोटी, प्रदेश २ बाट रमेशप्रसाद यादव, प्रदेश ३ बाट बलरामप्रसाद बाँस्कोटा, प्रदेश ४ बाट सुरेन्द्रराज पाण्डे, प्रदेश ५ बाट दुर्गाप्रसाद उपाध्याय, प्रदेश ६ बाट कालीबहादुर मल्ल, प्रदेश ७ बाट बद्रीप्रसाद पाण्डेको पदावधि सकिँदैछ । आयोगका अनुसार प्रदेशबाट प्रत्यक्ष रूपमा निर्वाचित १८ जनाका लागि प्रदेशमै निर्वाचन हुनेछ । हरेक प्रदेशबाट एक–एक गरी सातजना महिला र अन्यतर्फ सातजना, दुई दलित वा अल्पसंख्यक समुदायबाट र दुईजना अपांगता भएकामध्येबाट निर्वाचित हुनेछन् ।

राष्ट्रपतिबाट मनोनीत अर्थमन्त्री खतिवडाको ठाउँमा भने सरकारको सिफारिसमा पुनः राष्ट्रपतिले नै एक सदस्य मनोनीत गर्ने आयोगले जनाएको छ । महिला र खुला सदस्यहरू एकल संक्रमणीय निर्वाचन प्रणालीबाट र दलित र अपांगता भएकाहरूका लागि बहुमतीय प्रणाली अपनाइनेछ ।निर्वाचन प्रदेशमै हुने र त्यही प्रदेशबाट राष्ट्रिय सभा सदस्यको चयन हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरू मतदाता हुन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । नयाँ पत्रिका दैनिकबाट