२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बढ्दो साइबर ठगी नियन्त्रण र साइबर ब्युरोलाई सशक्त बनाउन सांसद न्यौपानेको माग ऊर्जा क्षेत्रमा ‘लाइसेन्स राज’ अन्त्य गर्ने सरकारको घोषणा, निर्माण नगर्ने प्रवृत्तिमा कठोर हुने चेतावनी सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई हप्कीदप्की गरे, यस सम्बन्धमा रक्षामन्त्रीको जवाफ चाहियोः हर्कराज राई अर्थमन्त्रीले धम्की दिएको अभिव्यक्तिले लेखा समितिमा हंगामाः सत्तापक्ष र प्रतिपक्षबीच के भयो ? ट्रकको ब्लुबुकमा ‘अनुमतियोग्य जीभीडब्लु’ स्पष्ट उल्लेख गर्न सरकारको निर्देशन, ट्रक महासंघद्वारा स्वागत गृहमन्त्री पुनः नियुक्तिप्रति कांग्रेस सांसद खड्काको आपत्ति, सुशासनमाथि प्रश्न प्रदेश र स्थानीय सरकारलाई पुँजीगत खर्चको १ प्रतिशत विज्ञान तथा नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह तथ्यांकमा विश्वकपः को कति सफल ? कसले कति खेले, कति जिते ? ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार छ : सभापति गजुरेल बजेट हेरफेर प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सांसद पुनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुरुङ समुदायमा ट्होटेँको उल्लास



अ+ अ-

गण्डकी। गण्डक क्षेत्रका गुरुङ समुदायले आफ्नो पुस्तैनी पर्व ट्होटेँलाई आज उल्लासपूर्वक मनाइरहेका छन् ।

बर्सेनि चैत र साउनको अन्तिम मङ्गलबार गुरुङ बाहुल्य बस्तीमा ट्होटेँ पर्वको रौनक छाउने गर्छ । परापूर्व कालमा तमु राज्य जोगाउन बैरीलाई सीमा कटाएको सम्झनास्वरूप यस पर्वको सुरुआत भएको मानिन्छ ।

गुरुङ सभ्यता, संस्कृति र पहिचानसँग जोडिएको यस पर्व १५ सय वर्षदेखि अस्तित्वमा रहेको गुरुङ जातिको इतिहासमा उल्लेख छ । आदिमकालमा गुरुङहरू गुफा, गोठ हुँदै बस्ती विकासको सभ्यतामा आएपछि यो पर्वको परम्परा सुरु भएको तमु धिँ नेपालका केन्द्रीय सदस्य एवं भाषा तथा संस्कृति विभागका प्रमुख कृष्णकुमार गुरुङले बताउनुभयो ।

बस्ती विकास हुँदै तमु राज्य स्थापनाको बेलामा आइपुग्दा ट्होटेँ पर्वले थप व्यापकता पाउँदै गएको उहाँको भनाइ छ । गुरुङ जातिका पूर्वजहरूले आफ्नो बस्ती र राज्यमा दुःख दिने शत्रुवैरीलाई धपाउनका लागि तन्त्रमन्त्र गरी यो पर्व मनाउन सुरु गरेका थिए ।

तम धिँ नेपालका केन्द्रीय सदस्य श्रीजङ्ग गुरुङले परापूर्व कालमा भूतप्रेत र शत्रुवैरीलाई धपाउन यस पर्वको सुरुआत भए पनि पछिल्लो समय देशमा रहेको बेथिति, बिसङ्गको अन्त्य होस्, मानज जातिको कल्याण होस् भन्ने कामना गरी मनाउने गरिएको बताउनुभयो ।

मङ्गलबार गुरुङ जातिको पहिचान झल्काउने सांस्कृतिक झाँकीसहित पोखरामा रहेका गुरुङ समुदायले पनि यस पर्वलाई हर्षबढाइँका साथ मनाएको उहाँको भनाइ छ । तमु धिँ नेपालका अध्यक्ष हुम गुरुङका अनुसार गुरुङ भाषामा ट्हो भनेको राज्य वा गाउँबस्ती र टेँ भनेको राज्यलाई दुःख दिने शत्रुबैरीलाई सीमा नघाएर राज्य सुरक्षित गरेको अर्थमा लिने गरिएको छ ।

“कबिला कालदेखि नै तमु (गुरुङ)का स–साना राज्य रहेको र त्यहाँबाट बैरी धपाउन पितापूर्खाहरूले ट्होटेँ पर्वको प्रचलन बसेको मान्यता गुरुङ समुदायमा छ”, उहाँले भन्नुभयो । धमु धिँ नेपालको अगुवाईमा यस पर्वलाई विसं २०५२ देखि व्यवस्थित रूपमा मनाउन थालिएको अध्यक्ष गुरुङले बताउनुभयो । ट्होटेँमा प्रकृति पूजा गर्ने चलन रहेको छ ।

यस पर्वमा गुरुङहरू आफ्ना परम्परागत बाजागाजासहित जातिय पहिरनमा सजिएर झाँकीमा सहभागी हुने गर्छन् । ट्होटेँमा घाटु, सोरठी, चुट्का, कृष्ण चरित्रलगायत मौलिक संस्कृति प्रर्दशन गरिन्छ । यस पर्वमा गुरुङ जातिले प्रयोग गर्ने पुराना हातहतियार, पोशाक, बाजा, झ्याली, चोपडी, सुलाची, चिम्टालगायत सामग्री पनि प्रदर्शन गर्ने गरिएको छ । मौलिक वेशभुषामा सजिएर गुरुङहरू झाँकीमा सहभागी हुने गर्छन् । झाँकीमा युवादेखि बयस्कसम्मको सहभागिता रहने गर्छ ।

यस पर्वका दिन राति समूहमा बाजागाजा बजाउँदै गाउँ डुल्दा राक्षस र भूतप्रेत भाग्छन् भन्ने किम्बदन्ती छ । ट्होटेँमा आफ्ना पितृको स्मरण सँगसँगै प्रकृतिको पूजाआजा गर्ने चलन रहेको छ । गुरुङ राज्य र गाउँबस्तीमा कसैले आक्रमण नगरोस्, दुःख नदेओस् भनेर परापूर्वकालदेखि ट्होटेँ पर्व मनाउन सुरु गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

यो पर्व मनाउनाले गाउँलेको भलो हुने खेतीबाले सप्रने, रोगव्याधि हट्ने र प्राकृतिक विपत्ति नआउने जनविश्वास रहेको छ । पोखरासहित यस क्षेत्रका १४८ गुरुङ गाउँ र समाजघरमा ट्होटेँ पर्व मनाइएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट पोखरा झरेका गुरुङहरूले ट्होटेँ पर्वलाई संरक्षण गरेका छन् ।

चैतमा उभौली र साउन उधौलीका रूपमा यो पर्वलाई मनाउने गरिन्छ । ट्होटेँले सामाजिक एकता र भातृत्वको सन्देश दिने गरेको गुरुङ अगुवा बताउँछन् । ट्होटेँ पर्वले तुम समुदायलाई आफ्नो इतिहासको पनि स्मरण गराउने गरेको उनीहरूको भनाइ छ । विसं २०४२ मा तमु धिँ नेपाल गठन भएपछि पोखरामा गुरुङ संस्कृति र संस्कारको जगेर्नामा यो समुदाय जागरुक बनेको हो ।

ट्होटेँका अवसरमा मङ्गलबार कास्कीको अन्नपूर्ण, मादी गाउँपालिका, स्याङ्जाको फेदीखोला गाउँपालिकालगायत स्थानीय तहले सार्वजनिक बिदासमेत दिएका छन् ।

मौलिक सांस्कृतिक पर्वका रूपमा रहेको ट्होटेँलाई कास्की, पर्वत, तनहुँ, स्याङ्जालगायत देशभरका गुरुङ समुदायले हर्षोल्लासपूर्वक मनाउने गर्छन् । रासस




भर्खरै