२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बढ्दो साइबर ठगी नियन्त्रण र साइबर ब्युरोलाई सशक्त बनाउन सांसद न्यौपानेको माग ऊर्जा क्षेत्रमा ‘लाइसेन्स राज’ अन्त्य गर्ने सरकारको घोषणा, निर्माण नगर्ने प्रवृत्तिमा कठोर हुने चेतावनी सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई हप्कीदप्की गरे, यस सम्बन्धमा रक्षामन्त्रीको जवाफ चाहियोः हर्कराज राई अर्थमन्त्रीले धम्की दिएको अभिव्यक्तिले लेखा समितिमा हंगामाः सत्तापक्ष र प्रतिपक्षबीच के भयो ? ट्रकको ब्लुबुकमा ‘अनुमतियोग्य जीभीडब्लु’ स्पष्ट उल्लेख गर्न सरकारको निर्देशन, ट्रक महासंघद्वारा स्वागत गृहमन्त्री पुनः नियुक्तिप्रति कांग्रेस सांसद खड्काको आपत्ति, सुशासनमाथि प्रश्न प्रदेश र स्थानीय सरकारलाई पुँजीगत खर्चको १ प्रतिशत विज्ञान तथा नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह तथ्यांकमा विश्वकपः को कति सफल ? कसले कति खेले, कति जिते ? ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार छ : सभापति गजुरेल बजेट हेरफेर प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सांसद पुनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ



अ+ अ-

कञ्चनपुर। कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ । पालिकाले धानको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई ५० प्रतिशत अनुदानमा बीउ दिन लोको हो ।

पालिकाका कृषि अधिकृत दशरथ साउदका अनुसार चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत उन्नत धानको बीउ वितरणका लागि कृषि समूह, सहकारीमार्फत किसानलाई उपलब्ध गराउने तयारी गरिएको छ ।

“हामीले सूचना आह्वान गरेका छौँ । आएका निवेदनका आधारमा किसान छनोट गरेर बीउ उपलब्ध गराउँछौँ”, उहाँले भन्नुभयो, “उनन्त धानको बीउबाट उत्पाकत्वमा वृद्धि हुने अपेक्षा छ ।” उहाँले किसानले पचास प्रतिशत व्यहोर्ने गरी पालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरले पनि धानको बीउ उत्पादनका लागि किसानलाई पचास प्रतिशत अनुदान दिन लागेको छ । केन्द्रका प्रमुख हरिप्रसाद पनेरुका अनुसार कृषि समूह, फार्म, सहकारीमार्फत किसानलाई उक्त अनुदान उपलब्ध गराउन लागिएको हो ।

कार्यालयले आगामी वैशाख ३ गतेभित्र आवेदन दिन किसानलाई आह्वान हरेको छ । पछिल्लो समय व्यवसायिक रूपमा कृषिमा लागेका किसानका लागि प्रदेश सरकार र स्थानीय पालिकाबाट अनुदान उपलब्ध हुँदै आएको छ । रासस




भर्खरै