२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक पूर्वाधारलाई निशाना बनाउनु ‘कानुन विपरित’



अ+ अ-

ब्रसेल्स। युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले सोमबार एक सामाजिक सञ्जाल पोस्टमा युद्धका क्रममा नागरिक पूर्वाधार र प्रतिष्ठानहरूमा आक्रमण गर्नु गैरकानुनी भएको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुज पुनः नखोले त्यहाँ नागरिक पूर्वाधारहरू ध्वस्त पार्ने धम्की दिएपछि यो चेतावनी आएको हो।

युरोपेली परिषद्का अध्यक्ष कोस्टाले भन्नुभयो, “नागरिक पूर्वाधार अर्थात् ऊर्जा सुविधालाई कुनै पनि प्रकारको निशाना बनाउनु कानुन विपरित काम हुने र यो अस्वीकार्य छ ।

उहाँले भन्नुभयो, “यो युक्रेनमा रूसको युद्धमा लागू हुन्छ र अन्यत्र (इरान युद्धलाई उल्लेख नगरिकन) पनि लागू हुन्छ । इरानी शासनको मुख्य शिकार इरानी नागरिक हुन्। यो सैन्य अभियानको विस्तारको मुख्य शिकार पनि हुनेछ ।”

उहाँले अगाडि भन्नुभयो, “युरोपेली सङ्घले इरानलाई यस क्षेत्रका देशविरुद्ध आफ्नो आक्रमण तत्काल रोक्न र ‘स्ट्रेट अफ हर्मुज’ हुँदै जहाज आवागमनको पूर्ण स्वतन्त्रता पुनः स्थापना गर्न अनुमति दिन आग्रह गर्दछ।”

“मध्यपूर्वमा पाँच हप्ताको युद्धपछि यो स्पष्ट छ भएको छ यो युद्ध कूटनीतिक माध्यमबाट मात्र समाधान गर्न सम्भव हुनेछ,” उहाँले भन्नुभयो। (रासस/एएफपी)




भर्खरै