१ भाद्र २०८३, सोमबार
,
Latest
‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय ‘लोकल कन्फरेन्स अफ युथः सिकाईसँगै प्रतिवद्धता : आफ्नो समुदायमा फर्किएर जलवायु कार्य अघि बढाउँछौँ-सहभागी नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’ आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने महाकालीमा जलस्तर खतराको तह पार, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेटः गण्डकी प्रदेश विजयी



अ+ अ-

काठमाडौँ। गण्डकी प्रदेशले एपिएफ क्लबलाई पराजित गर्दै प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ ।

काठमाडौँको तल्लो मुलपानी मैदानमा आज भएको खेलमा गण्डकी प्रदेशले एपिएफलाई ४३ रनले पराजित गरेको हो ।टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकी प्रदेशले २१ ओभरमा ७ विकेट गुमाउँदै १५० रन बनायो ।

उसका लागि गौरव विकले ३७, अर्जुन कुमालले २५, दीपक डुम्रेले ३४ तथा कप्तान विपिन खत्रीले अविजित २० रन जोडे । बलिङतर्फ एपिएफका लागि अभिनाश बोहराले ३ विकेट लिए ।

एक सय ५१ रनको विजयी लक्ष्य पछ्याएको एपिएफ क्लबले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १०७ रन मात्र बनायो । एपिएफका लागि लोकश बम र आसिफ शेखले १४÷१४ रन बनाए ।

कप्तान रोहितकुमार पौडेलले ३ रन मात्र बनाए । सुमित महर्जनले २२ तथा कमलसिंह ऐरीले १७ रन बनाए ।

बलिङतर्फ गण्डकीका अपराजित पौडेल र सिब्रिन श्रेष्ठले ३/३ विकेट लिए । त्यस्तै सुभाष भण्डारीले २ विकेट लिए । रासस