८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय



अ+ अ-

काठमाडौं । देशद्रोहको आरोपमा पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाइएको छ । लाहौर हाइकोर्टका तीन न्यायाधीशको बेञ्चले यो फैसला सुनाएको हो ।

पाकिस्तानका पूर्व राष्ट्रपति भने हाल पाकिस्तानमा नभई दुबईमा उपचार गराईरहेका छन।
सन् २००७मा देशमा संकटकाल लगाएर देशद्रोह गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको पाकिस्तानी समाचारपत्र द डनले जनाएको छ।  

आफूमाथि लागेको संविधानको अवहेलना र देशद्रोहको मुद्दाबारे उनले भनेका थिए, ‘मेरो विचारमा यो निराधार छ । देशद्रोहको कुरा छाडौं, मैले त यो देशको धेरै सेवा गरेको छु, युद्ध लडेको छु र दश वर्षसम्म देशको सेवा गरेको छु ।’

संविधानको उल्लंघनको आरोपमा आफ्ना वकिल सलमान सफदरलाई न्यायालयले नसुनेको उनको गुनासो थियो । ‘मेरो विचारमा यो निकै ज्याती भइरहेको छ र मलाई न्याय गरिएन’ मुशर्रफले भिडियो सम्बोधनमा भनेका थिए ।