५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

रास्वपा अमेरिकाद्वारा सञ्चालित भएको जनमोर्चाको आरोप

रास्वपा अमेरिकाद्वारा सञ्चालित भएको जनमोर्चाको आरोप
अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकाद्वारा सञ्चालित शक्ति भएको आरोप लगाएको छ। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टीका महासचिव मनोज भट्टले उक्त दाबी गरेका हुन्।

महासचिव भट्टले रास्वपाको परराष्ट्र नीति स्पष्ट नभएको भन्दै त्यसले अन्तर्राष्ट्रिय शक्तिको प्रभावमा परेर काम गर्न सक्ने जोखिम रहेको टिप्पणी गरे। उनले अमेरिकाले रास्वपालाई चीनविरोधी शक्तिका रूपमा प्रयोग गर्न सक्ने दाबी पनि गरे।

उनका अनुसार राष्ट्रिय जनमोर्चाले यस्ता सम्भावित प्रभावबारे निरन्तर खबरदारी गरिरहेको छ। उनले भने, “तपाईंहरू वास्तवमा अमेरिकाद्वारा सञ्चालित हुनुहुन्छ। परराष्ट्र नीतिको सवालमा स्पष्ट हुनुहुन्न। चीन विरोधी शक्तिका रूपमा अमेरिकाले तपाईंहरूलाई प्रयोग गर्ने हो। त्यो गर्न दिनु हुँदैन भनेर हामीले भनिरहेका छौँ। यदि त्यस्तो भएन भने त के भयो र? हामी नै गलत ठहरिउँला, देश बाँच्दछ नि। देश बाँचेर हामी गलत ठहरिँदा के बिग्रियो र? तर खबरदारी गरेनौँ भने समस्या हुन्छ।”

त्यसै कार्यक्रममा महासचिव भट्टले आगामी राजनीतिक सहकार्यका विषयमा पनि धारणा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्न सक्ने संकेत गरे।

उनले नेपाली कांग्रेस र नेकपा (एमाले) को जनाधार अझै पनि बलियो रहेको उल्लेख गर्दै ती दललाई कमजोर बनाउन अन्य शक्तिहरूबीच सहकार्य आवश्यक पर्न सक्ने धारणा व्यक्त गरे।

यसैबीच, राजनीतिक वृत्तमा विभिन्न दलबीचको सम्भावित समीकरण र सहकार्यबारे बहस पुनः चुलिएको छ।