११ फाल्गुन २०८१, आईतवार
February 23, 2025 Sunday

11.27°C

काठमाडौं

11.27°C

Kathmandu

Feels-like: 10.44

Wind: 1.54

Humidity: 76

Latest
सशस्त्र प्रहरीकी इन्सपेक्टर मृत फेला महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने संविधानलाई समयानुकूल संशोधन गर्नुपर्छ: मुख्यमन्त्री पाण्डे प्रधानन्यायाधीशको नाममा नक्कली ट्विटर आइडी बनाएर प्रचार गरेकाप्रति ध्यानाकर्षण भूमिसम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले सहजीकरण गर्छः मुख्यमन्त्री आचार्य लोकतन्त्रमा राज्य बलियो बनाउन बलिया पार्टी आवश्यक : महासचिव पोखरेल माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण सुरु कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित रिङ्कुकुमारी मृत्यु प्रकरण: आठ जना प्रहरी नियन्त्रणमा प्रधानाध्यापकहरुसँग प्रमुख र उपप्रमुखको अन्तरक्रियात्मक संवाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हाफ द नाइट इज गन’ लाई पच्चीस लाखको पुरस्कार



अ+ अ-

पोखरा । अमिताभ बागचीको उपन्यास ‘हाफ द नाइट इज गन’ सन् २०१९ को प्राइज फर साउथ एशियन लिटरेचर (डिएससी) पुरस्कार जित्न सफल भएको छ । पोखराको फेवाताल किनारास्थित बाराहीघाटमा सम्पन्न आइएमई नेपाल साहित्य महोत्सव २०७६ का अवसरमा रु २५ लाख राशिको सो पुरस्कार वितरण गरिएको हो ।

पुरस्कारका लागि छनोट सूचीमा परेका लेखक र उपन्यासमा हाफ द नाइट इज गनसँगै जमिलजान कोचाईको ९९ नाइट्स इनलोगार, भारत र भाइकिङ, पेन्गुइन र्याण्डमहाउस, अमेरिका, माधुरी विजयको द फार फिल्ड (ग्रोभ प्रेस, ग्रोभ एटलान्टिक, अमेरिका), मनोरञ्जन व्यापारीको देयर इज गनपाउडर इन द एयर (बङ्गालीबाट अरुनाभा सिन्हाको अनुवाद, एका, अमेजन वेस्टल्याण्ड, भारत), राजकमल झाको द सिटी एण्ड द सी (ह्यामिशह्यामिल्टन, पेन्गुइन र्याण्डमहाउस, भारत) र सदिया अब्बासको द एम्प्टी रुम (जुबान पब्लिसर्स, भारत) थिए।

गत वर्षहरुमा यो पुरस्कार श्रीलङ्का, बङ्गलादेश र भारतमा घोषणा भएको थियो भने यसपटक नेपालमा पहिलोपटक घोषणा गरी वितरण गरिएको हो । डिएससी पुरस्कारले दक्षिण एशियाली जनजीवनका विविधपत्र केलाउने विविधतापूर्ण आवाजहरुलाई प्रोत्साहन गर्दै आएको छ ।निर्णायकमण्डलका अध्यक्ष हरिश त्रिवेदीले दक्षिण एशियाको उपस्थिति र प्रभाव अहिले निकै बढेको बताउँदै दक्षिण एशियाका नौ राष्ट्र र डायस्पोरालाई समेट्ने एउटै मात्र पुस्कार डिएससी पुरस्कार रहेको बताए ।

पच्चीस हजार डलर पुरस्कार राशि भएको डिएससी पुरस्कार सुरिना नरुला र मनहदन रुलाले २०१० मा स्थापना गरेका थिए । यसअघि पाकिस्तानका एचएम नक्वी, श्रीलङ्काका शेहन करुणातिलका, भारतका जीत थायिल र साइरस मिस्त्री, भारतीय मूलकी अमेरिकी लेखिका झुम्पालाहिरी, भारतकी अनुराधा रोय, श्रीलङ्काका अनुक अरुदप्रगसम र भारतका जयन्त कैकिनी र अनुवादक तेजस्विनी निरन्जनाले सो पुरस्कार प्राप्त गरेका थिए ।