८ आश्विन २०८१, मंगलवार
,
Latest
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द आईसीसी विश्वकप लिग–२ मा आज नेपालले ओमानसँग खेल्दै विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै एसियन सिनियर करातेमा रजत पदक जितेकी एरिकाको भव्य स्वागत दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश राउतको इजलासमा सुनको मूल्य हालसम्मकै उच्च पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन लेबनानको हिजबुल्लाह गढमा भएको इजरायली आक्रमणमा ४९२ को मृत्यु विर्तामोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेल र सिटौला पक्षका नेताहरु बोहोराटारमा, सभापति सानेपामा कुर्दै



अ+ अ-

काठमाडौं । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको छुट्टै भेला भएका छन । वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा १२ बजेदेखि छलफलमा जुटेका हुन्।

यता पार्टीमा तेस्रो धारको नेतृत्व गर्दै आएका कृष्ण सिटौलासहित पौडेल पक्षका नेताहरु महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा. रामशरण महत, डा. शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, कल्याण गुरुङल र हृदयराम थानीलगायतको उपस्थित रहेको छ ।

सभापति शेर बहादुर देउवा पक्षले सहमति नभएका विषयमा पार्टी कार्यालयमा छलफल गर्न पौडल पक्षलाई बुधबार दिउँसो १ बजे बोलाइएपनि पौडेल पक्षका नेताहरुले आफ्नो अन्तिम रणनीति बनाएर सानेपा प्रवेशको तयारी स्वरुप बोहोराटारमा भेला भएको हुन् ।

हिजो सिंह निवास चाक्सीबारीमा भएको देउवा–पौडेल पक्षको वार्ता कमिटी केन्द्रीय कार्यसमिति बैठकअघि सानेपामा छलफल गर्ने सहमतिका साथ टुंगिएको थियो । तर पौडेल सबै नेताहरुलाई देउवा पक्षसँग अहिलेसम्म वार्ताका क्रममा भएको प्रगतिबारे आफू पक्षीय नेता नेताहरुलाई बिफ्रिङ गरिरहेको अधिकारीले बताए । उनका अनुसार आजको बैठकमा पौडेल पक्ष जाने नजाने निर्णय पनि बोहोराटारको बेलाले गर्नेछ ।