८ आश्विन २०८१, मंगलवार
,
Latest
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द आईसीसी विश्वकप लिग–२ मा आज नेपालले ओमानसँग खेल्दै विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै एसियन सिनियर करातेमा रजत पदक जितेकी एरिकाको भव्य स्वागत दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश राउतको इजलासमा सुनको मूल्य हालसम्मकै उच्च पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन लेबनानको हिजबुल्लाह गढमा भएको इजरायली आक्रमणमा ४९२ को मृत्यु विर्तामोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस बैठक पुस ९ गतेसम्मका लागि स्थगित



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार बस्ने भनिएको बैठक यही पुस ९ गतेसम्मका लागि स्थगन गरिएको छ । पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभाग गठन, भ्रातृ संस्था, अन्य साङ्गठनिक विषयमा आन्तरिक सहमति गरी अर्को बैठक पुस १० गते बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

उक्त विषयमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमतिका लागि प्रयास जारी रहेकाले आजको बैठक स्थगन गरिएको हो । पछिल्लो समय पार्टीको १४औँ महाधिवेशनको मिति तोक्ने बहसले केन्द्रीय समिति बैठक प्रभावित हुँदै आएको छ ।

गत मङ्सिर २६ गतेको केन्द्रीय समिति बैठकमा विधानमा उल्लिखित २८ विभागलाई बढाएर ४१ पुर्याउने, उपनिर्वाचनको समीक्षा, भ्रातृ एवं शुभेच्छुक संस्थाका विधानको सैद्धान्तिक एकरुपता समितिको प्रतिवेदन, नेपाल तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि छ महिना थप गरेको निर्णयलाई अनुमोदनलगायत प्रस्ताव प्रस्तुत गरिएको थियो ।