८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख चयन गर्न एक साता लाग्ने, बैठकको अध्यक्षता उपसभामुख गर्ने



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको नयाँ सभामुख चयन गर्न एक साता लाग्ने भएको छ । पुस ११ देखि सभामुख चयनको प्रक्रिया सुरू हुने भएको हो ।

संसद सचिवालयका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार उपसभामुख शिवमाया तुम्बाहाङफेको नेतृत्वमा शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते बस्ने प्रतिनिधि सभाको बैठकले सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको हो ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणीको अभियोग लागेपछि असोज १३ गतेदेखि सभामुख पद रिक्त रहँदा सभामुखको अनुपस्थितिमा उपसभामुख तुम्बाहाङफेले बैठकको अध्यक्षता गर्न लागेकी हुन्।