५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

नेकपा स्थायी समिति बैठक: ‘लन्च मिटिङ’ गर्न नेकपाका ११ नेता शीतलनिवासमा पुगे

नेकपा स्थायी समिति बैठक: ‘लन्च मिटिङ’ गर्न  नेकपाका ११ नेता शीतलनिवासमा पुगे
अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी समिति बैठक जारी रहेकै वेला राष्ट्रपति विद्या भण्डारीले झन्डै एकचौथाइ नेताहरूलाई सरकारी निवासमा बोलाएर छलफल गरेकी छिन् । राष्ट्रपति भण्डारीले शीतलनिवासमा बोलाएर ११ नेतालाई ‘लन्च’ खुवाएको घटनाले नेकपा बैठकमा नेताहरूबीच भनाभनसमेत भएको छ ।

राष्ट्रपतिको लन्च मिटिङमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, वनमन्त्री शक्ति बस्नेत, कृषिमन्त्री घनश्याम भुसाल, ऊर्जामन्त्री वर्षमान पुन, संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्वगृहमन्त्री जनार्दन शर्मा र नेता देवेन्द्र पौडेल सहभागी थिए । बिहान ११ बजे धुम्बाराहीमा सुरु भएको स्थायी समिति बैठकमा १० जना नेताहरू एक घण्टा ढिलो हुल बाँधेर प्रवेश गरेपछि अध्यक्ष प्रचण्डले जिज्ञासा राखेका थिए ।

‘यहाँ पार्टीको बैठक चलिरहेको छ, तपाईंहरू कहाँ हराउनुभएको थियो ?’, प्रचण्डको प्रश्न उधृत गर्दै स्थायी समिति सदस्य वेदुराम भुसालले भने, ‘तपाईंहरू किन जानुभएको थियो ? के कुरा भयो, बैठकलाई जानकारी गराउनुस् । हामी विधि र प्रक्रियाका कुरा गर्छौं तर तपाईंहरू अध्यक्षलाई जानकारी नै नगराई बैठकमा ढिला आउनुहुन्छ ।’ प्रचण्डको जिज्ञासापछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पूर्वनिर्धारित भेटघाटका लागि आफूहरू राष्ट्रपतिकहाँ गएको जवाफ दिएका थिए ।

‘आजै अकस्मात् हामी राष्ट्रपतिकहाँ गएको होइन । यो पहिल्यै तय भएको कार्यक्रम थियो, बैठक ११ बजे हुने भएपछि हामी ९ बजे पुगेका थियौं । खाना खाएर आउन लागेकाले ढिला भयो’, प्रदीप ज्ञवालीको भनाइ उधृत गर्दै एक नेताले भने । ज्ञवालीको भनाइको लगत्तै भीम रावल, रघुजी पन्तलगायत नेताहरूले पार्टी बैठकको बीचैमा राष्ट्रपतिकहाँ जानु आपत्तिजनक भएको भन्दै प्रतिवाद गरेका थिए । ‘पार्टीको मिटिङ चलिरहँदा तपाईंहरू राष्ट्रपतिकहाँ जान मिल्छ ? यो आपत्तिजनक विषय हो,’ रावलले भनेका थिए, ‘राष्ट्रपतिकहाँ तपाईंहरूको के बैठक थियो ?’

बैठकमा अरु नेताहरूले पनि आपत्ति जनाउँदै हो हल्ला गरेको र भनाभन भएको नेता वेदुराम भुसालले जनाए । रावललाई जवाफ दिँदै ज्ञवालीले भनेका थिए, ‘राष्ट्रपतिकहाँ हामी जानै नहुने ? राष्ट्रपति जस्तो सम्मानित संस्थाबारे प्रश्न उठाउन मिल्छ ? राष्ट्रपतिसँग भेटलाई पार्टीमा छलफलको विषय बनाउन मिल्छ ?’ रावलले राष्ट्रपतिले राजनीति गर्न खोजेको हो भने भन्नुपर्यो भन्दै ज्ञवालीलाई तुरुन्तै जवाफ फर्काए, ‘राष्ट्रपति संविधानभन्दा माथि होइन, प्रश्न उठाउनै नपाइने किन ?’ नेकपा स्थायी समितिमा भनाभन र हो–हल्लाको स्थिति आएपछि अध्यक्ष प्रचण्डले हस्तक्षेप गरेर विषयान्तर गरेका थिए ।

प्रचण्डले यसअघि पार्टीका दुई अध्यक्षले राष्ट्रपतिलाई भेट्दा पनि सार्वजनिक रुपमा आलोचना भएको प्रसंग स्मरण गर्दै नेताहरूलाई विधि र प्रक्रिया ख्याल गर्न आग्रह गरेका थिए । ‘हिजो हामी जाँदा पनि आलोचना भयो, त्यसमा पनि कहीँ न कहीँ कमजोरी हुन गयो भन्ने मलाई महसुस भएको छ, हामीले यसमा ख्याल गर्नुपर्छ,’ प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले भने, ‘यो विषयलाई अब धेरै नलम्ब्याऊँ ।’

भेटमा सहभागी घनश्याम भुसाल भन्छन्–‘समाजवादको मोडल र अर्थतन्त्रबारे राष्ट्रपतिको चासो थियो’

राष्ट्रपति भण्डारीको निम्तोमा सहभागी नेकपा स्थायी समिति सदस्य तथा कृषिमन्त्री घनश्याम भुसालले समाजवादी व्यवस्थाबारे राष्ट्रपतिले चासो राखेको बताए । ‘संविधानमा समाजवाद उन्मुख व्यवस्था भनिएको छ, त्यस्तो समाजवाद कसरी आउँछ भनेर उहाँ (राष्ट्रपति) ले नेताहरूसँग जिज्ञासा राख्नुभएको थियो’, भुसालले भने, ‘कृषि, वन आदि क्षेत्रमा हामीले कसरी समृद्धि ल्याउँछौं भन्ने उहाँको चासो थियो ।’ भुसालका अनुसार भेटमा सहभागी नेताहरूले पालैपालो आ–आफ्ना विचार राखेका थिए ।

‘मन्त्री र नेताहरूले आफ्ना धारणाहरू राख्नुभयो । पार्टीको बैठकमा जानुपर्ने भएकाले समय कम थियो, सबैले बोल्न पाएनौं ।’ भुसालले आफूले पनि विस्तारमा विचार राख्न नपाएको बताए । भेटमा सहभागी अर्का नेता देवेन्द्र पौडेलले राष्ट्रपतिले मौलिक हकको कार्यान्वयन, नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कस्तो भइरहेको छ भन्ने चासो राखेको बताए । पौडेलले भने, ‘उहाँले मुलुकका लागि राम्रो काम गर्नुहोला, तपाईंहरूलाई मेरो शुभकामना छ भन्नुभयो ।’ नयाँ पत्रिका दैनिकबाट