५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्रीकै ट्विटर असुरक्षित , कस्ले गर्यो ह्याक ?

प्रधानमन्त्रीकै ट्विटर असुरक्षित , कस्ले गर्यो ह्याक ?
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीकै ट्विटर अकाउन्ट असुरक्षित भएको खुलेपछि प्रहरीले गम्भीर अनुसन्धान सुरु गरेको छ । प्रधानमन्त्रीको ट्विटर अकाउन्ट दुरुपयोगले एकाएक जटिल रूप लिएपछि घटना अनुसन्धानको जिम्मा नेपाल प्रहरीले लिएको हो । ट्विटर अकाउन्ट दुरुपयोग सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयका कर्मचारीमाथि समेत अनुसन्धान गर्नुपर्ने भएकाले नेपाल प्रहरीलाई जिम्मा लगाइएको हो । घटना सम्बन्धमा नेपाल प्रहरीअन्तर्गतको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ ।

प्रधानमन्त्रीका आइटीविज्ञ अली असगरले शनिबार बिहान ११ बजे नै घटना सम्बन्धमा अनुसन्धान गर्न सम्पूर्ण टाटा ब्युरोलाई जिम्मा लगाइएको बताए । उनले भने, ‘प्रधानमन्त्रीको ट्विटर अकाउन्ट एक प्रकारले ह्याक नभई दुरुपयोग भएको पाइयो । अनुसन्धान गहिरिएर नै गर्नुपर्ने भयो । त्यसो हुँदा हामीसँग भएका सम्पूर्ण डाटा अनुसन्धान गर्न भन्दै साइबर ब्युरोलाई जिम्मा लगाएका छौँ । उनीहरूबाट अनुसन्धान भइरहेको होला ।’ प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्रीको ट्विटर ह्यान्डल प्रधामन्त्रीबाहेक सञ्चारविज्ञ रामशरण बजगाईंले गर्छन् ।

त्यसबाहेक ट्विटरको पासवर्ड प्रमुख सल्लाहकार विष्णु रिमाल र आइटीविज्ञ अली असगरलाई थाहा छ । उनीहरूबाट ट्विटर दुरुपयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छैन । तर, प्रहरीको अनुसन्धानले सचिवालयभित्रकै एक आइफोनबाट ट्विटर दुरुपयोग देखाएको छ । घटना सम्बन्धमा आइटीविज्ञ असगरले भने, ‘प्रधानमन्त्रीको ट्विटर ह्यान्डल आइफोन र एन्ड्रोइड दुवै डिभाइसबाट हुन्छ । कुनबाट दुरुपयोग भयो, त्यस सम्बन्धमा अहिले नै भन्न गाह्रो छ । घटना संवेदनशील छ । जटिल पनि उत्तिकै छ । त्यसो हुँदा अनुसन्धानका लागि प्रहरीलाई भनेका छौँ ।’

घटनाको अनुसन्धान गरिरहेको साइबर ब्युरो भने अनुसन्धानका सम्बन्धमा खुल्न चाहेन । ब्युरो प्रमुख डिआइजी विकास श्रेष्ठले सञ्चारमाध्यममा आएका खबरका आधारमा सामान्य तवरले अनुसन्धान भइरहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीको ट्विटर ह्याक वा दुरुपयोग के भएको हो त्यो अनुसन्धानपछि मात्रै खुल्ने पाटो हो । सञ्चारमाध्यममा आएका समाचारबाट हामीले जानकारी लिएका छौँ । यसमा हामी सचेत हुनु स्वाभाविक पनि हो । अनुसन्धानका सम्बन्धमा भने केही नभनौँ ।’

नागरिकता विधेयक सम्बन्धमा भारतमा जारी आन्दोलनलाई लक्षित गर्दै भारतीय कंग्रेस आइकी अध्यक्ष सोनिया गान्धीले गरेको भाषण प्रधानमन्त्री ओलीको ट्विटर अकाउन्टबाट एकाएक रि–ट्विट भएपछि अकाउन्ट दुरुपयोग भएको खुलेको थियो । सोही अकाउन्टबाट दिलभूषण पाठकले हेलो सरकारलाई मेन्सन गर्दै महिला आयोगको सम्बन्धमा गरेको ट्विटसमेत सोही समयमा रि–ट्विट भएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शुक्रबार बेलुका पौने १० बजे प्रधानमन्त्री ओलीको ट्विटर अकाउन्ट दुरुपयोग भएको खुलेको बताए ।

उनले भने, ‘प्रधानमन्त्री ओलीको ट्विटर अकाउन्टबाट भारतीय कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले गरेको भाषण रि–ट्विट भएको देखियो । लगत्तै सचिवालयका साथीहरूसँग सोधेँ । उहाँहरूमध्ये कसैबाट पनि रि–ट्विट नभएको खुल्यो । रि–ट्विट तत्काल ‘अन डु’ गरियो । घटना संवेदनशील देखियो । तत्काल अनुसन्धान सुरु भयो । अहिले यसमा प्रहरीबाट अनुसन्धान भइरहेको छ ।’ नयाँ पत्रिका दैनिकबाट