७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

मन्त्री बन्न ‘मिडिया ट्रायल’ र लबिङ नगर्न सांसदहरूलाई रवि लामिछानेको चेतावनी

मन्त्री बन्न ‘मिडिया ट्रायल’ र लबिङ नगर्न सांसदहरूलाई रवि लामिछानेको चेतावनी
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई मन्त्री बन्नका लागि कुनै पनि प्रकारको लबिङ वा ‘मिडिया ट्रायल’ नगर्न स्पष्ट निर्देशन दिएका छन् ।

बुधवार आयोजित सांसदहरूको अभिमुखीकरण कार्यक्रमको समापन गर्दै उहाँले सरकारमा जाने विषयलाई लिएर सार्वजनिक रूपमा जथाभावी अभिव्यक्ति नदिन सचेत गराएका हुन्।

रास्वपाले प्राप्त गरेको अभूतपूर्व जनमतका कारण सरकारमा सहभागी हुने सम्भावना बढेसँगै सांसदहरूबिच मन्त्री बन्ने आकांक्षा देखिनु स्वाभाविक भए पनि त्यसलाई मिडियामा प्रचारको विषय नबनाउन उनले जोड दिए।

सभापति लामिछानेले पार्टीले कसलाई सरकारमा पठाउने भन्ने विषयमा हालसम्म कुनै निर्णय नगरेको जानकारी दिँदै मन्त्री छनोटको आधार व्यक्तिको क्षमता र विज्ञता हुने स्पष्ट पारे। कसैले पनि व्यक्तिगत रूपमा भनसुन वा दबाब दिन आवश्यक नरहेको उनको भनाइ थियो।

उनका अनुसार मिडियामा धेरै देखिने र नदेखिने दुवैथरी सांसदहरूको मूल्याङ्कन पार्टीले गरिरहेको छ। “तपाईंहरूमध्ये केही साथीहरूले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ, तर ‘मन्त्री बनाइदिनुस्’ भनेर वा ‘म फलानो मन्त्री’ भन्दै मिडियामा प्रचार गर्ने काम बन्द गर्नुस्,” उनले भने ।

लामिछानेले सांसदहरूलाई चुनावका बेला जनतासँग गरिएको प्रतिवद्धता पत्र पुनः अध्ययन गर्न निर्देशन दिँदै मन्त्री बन्ने दौडभन्दा पनि जनताको दैनिक जीवन सुधारमा ध्यान केन्द्रित गर्न आग्रह गरे। उनले जनताको चुलो कसरी बल्छ र जीवनस्तर कसरी उकासिन्छ भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।