२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँपछि मोरङमा पनि ‘क्लिन स्विप’ को बाटोमा रास्वपा, कांग्रेसका हेभिवेट सबै पराजित



अ+ अ-

काठमाडौँ: कोइराला परिवारको गृहनगर विराटनगर भएकाले पनि मोरङ जिल्ला काठमाडौँपछिको चर्चित र बढी निर्वाचन क्षेत्र रहेको जिल्ला हो ।

त्यसैले पहिले पहिले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला उठ्ने भएकाले र अहिले उनको विरासतमा रहेका डा शेखर कोइरालाका कारण प्रतिनिधिसभाको निर्वाचनमा मोरङ्को राम्रै चर्चा हुने गर्दछ ।

यतिबेला पनि चर्चा त्यस्तै थियो डा शेखर, मिनेन्द्र रिजाल र काठमाडौँमा पनि चर्चित डा सुनिल शर्माका कारण । तर निर्वाचनको मतगणना जारी रहँदा मोरङका सबै ६ वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू भारी मतान्तरसहित अगाडि छन् ।

पहिलेका निर्वाचनहरुमा परम्परागत रूपमा कांग्रेसको बलियो आधार क्षेत्र मानिने गरिएको यो जिल्लामा यसपटक भने रास्वपा क्लिन स्विपको बाटोमा अघि बढेको छ ।

कोइराला परिवारको लामो राजनीतिक विरासत बोकेको मोरङमा यसपटक कांग्रेसका प्रभावशाली उम्मेदवारहरू नै फराकिलो मतान्तरसहित पछाडि देखिएका छन्।

मोरङ निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका यज्ञमणि न्यौपाने १० हजार भन्दा बढी मतसहित अग्रस्थानमा छन् । उनलाई श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले पछ्याइरहेकी छन् । यहाँ कांग्रेसका खड्गबहादुर फागो तेस्रोमा छन् ।

त्यस्तै मोरङ–२ मा रास्वपाका कृष्णकुमार कार्की ११ हजार ४२४ मतसहित अग्रस्थानमा छन् । उनलाई एमालेका दिलीपकुमार अग्रवालले पछ्याएका छन् ।
कांग्रेसका प्रभावशाली नेता मिनेन्द्र रिजाल यहाँ तेस्रो स्थानमा छन् । त्यस्तै मोरङ–३ मा पनि रास्वपाका गणेश कार्की नै ४ अग्रस्थानमा छन् । उनलाई श्रम संस्कृति पार्टीका अमिर मगरले ३ हजार ७६८ मतसहित पछ्याइरहेका छन्।

यस क्षेत्रमा कांग्रेसका सुनिल शर्मा तेस्रो स्थानमा छन् । त्यस्तै मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशी विजय भैसकेका छन् । उनले कांग्रेसका महामन्त्री गुरूराज घिमिरेसँग उनको धेरै ठूलो मतान्तर रहेको छ ।

त्यस्तै मोरङ–५ मा रास्वपाकी आशा झा अग्रस्थानमा छिन् । यहाँ उनलाई जनता समाजवादी पार्टी नेपालका राजकुमार यादवले पछ्याएका छन् । भने कांग्रेसका फुलकुमार लालवानी तेस्रो स्थानमा छन् ।




भर्खरै