१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

निरन्तर तापक्रम घट्दै, झन बढ्न थाल्यो जाडो

निरन्तर तापक्रम घट्दै, झन बढ्न थाल्यो जाडो
अ अ+ अ-

काठमाडौं । तापक्रम निरन्तर घट्दो छ । तराईका अधिकांश भू भागमा बाक्लो हुस्सु र कुहिरो देखिन्छ । उपत्यकामा दिउँसो झुलुक्क घाम देखा परे पनि चिसो महसुस भइरहेको छ । मुलुकका विभिन्न भागमा तापक्रम घट्दै गएकाले सबै सजग हुन आवश्यक छ । रोगव्याधिले सताउन सक्छ । पश्चिमी वायुको वहाब नेपालतर्फ बढिरहेकाले चिसो भइरहेको जल तथा मौसम विज्ञान विभाग, हावापानी शाखा प्रमुख डा. इन्दिरा कँडेल बताउँछिन् । ‘यतिबेला सूर्य दक्षिणि गोलाद्र्धतर्फ ढल्किएको छ । उत्तरतर्फ रहेको नेपालमा पश्चिमी चिसो वायु आइरहेको छ । यसले गर्दा पनि जाडो महसुस भइरहेको छ,’ उनले भनिन् ।

उनले साइबेरियाबाट आएको चिसो हावा पनि मिसिँदा ठन्डी बढेको बताइन् । चिसो हावाको घनत्व बढिरहेकाले ठन्डीले धेरैलाई सताइरहेको छ । विभागका अनुसार २५ मंसिरदेखि मुलुकको पश्चिमी भूभागबाट न्यूनचापीय प्रणालीको प्रवेश भएको छ । यो प्रणालीका कारण देशको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपातसमेत भएको थियो । दुई साताअघि पश्चिमी वायुकै प्रभावले मुलुकको अधिकांश भूभागमा वर्षा भएकाले तापक्रम चिसिँदै गएको विभागले जनाएको छ ।

विभागका अनुसार तराईमा अझै केही दिन हुस्सु र कुहिरो लाग्नेछ । दिउँसो राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आइ चिसो नै रहनेछ । आगामी मंगलबारसम्म पहाडी भूभागमा आंशिक बदली हुने विभागले अनुमान गरेको छ ।

चिसोबाट बचौं:त्रिवि शिक्षण अस्पताल महाराजगन्जकी छाला रोग विशेषज्ञ डा। रिता श्रेष्ठ चिसोको बेला छालाजन्य समस्या देखिने बताउँछिन् । ‘जाडो समयमा हावामा पानीको कण न्यून हुन्छ । हावा सुक्खा हुन्छ,’ उनले भनिन्, ‘छालामा हुने पानीको मात्रा सुक्खा हावाले पनि उडाउँछ । सुक्खा छालामा अनेकखाले संक्रमण हुन्छ ।’ छाला चिलाउने, फुट्नेलगायत समस्या देखा पर्छन् । अनुहार सुक्खा हुन्छ ।

उच्च रक्तचापको औषधि सेवन गरिरहेका र मुटुजन्य समस्याबाट पीडितले चिसो मौसममा सजग हुनुपर्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी बताउँछन् । ‘जाडोमा शरीरको तापक्रम घट्न जान्छ । यस्तो अवस्थामा मुटुको धड्कन छिटो चल्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘धड्कन छिटो छिटो चल्दा मुटुमा दबाब पर्छ । कमजोर मुटु छ भने फेल हुन सक्छ ।’ जाडोले मुटुका रक्तनली खुम्चिने र एकाएक रक्तनली खुम्चिए हृदयाघात समेत हुनसक्ने उनी बताउँछन् ।

चिसो मौसममा विशेषगरि बालबालिका र वृद्धवृद्धालाई संक्रमणको सकस हुने गरेको छ । त्रिवि शिक्षण अस्पतालका सहप्राध्यापक डा।निरज बम ठन्डी मौसममा रोगव्याधिले सताउने बताउँछन । बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता विकसित नभइसक्दा र ज्येष्ठ नागरिकमा न्यून हुने भएकाले झन् बढी सजग हुनुपर्ने उनको सुझाव छ । चिसोले निमोनिया, दम, बाथ, टाइफाइडलगायत समस्या लिएर सरकारी एवं निजी स्वास्थ्य संस्थामा उपचारका गर्न आउने बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ । अन्नपुर्णपोष्ट दैनिकबाट