१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

निजगढ–भरतपुर खण्डको डीपीआर सम्झौता

निजगढ–भरतपुर खण्डको डीपीआर सम्झौता
अ अ+ अ-

काठमाडौं । मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गतको निजगढ–हेटौंडा–भरतपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका सम्झौता भएको छ। रेल विभाग र परामर्शदाता युसिन–बार्सिल–सीआरईईसी–एफबीसी जेभीबीच पुस ६ गते डीपीआर सम्झौता भएको हो। विभागका महानिर्देशक बलराम मि श्रका अनुसार १५ महिनाभित्रमा डीपीआर सम्पन्न गर्ने गरी परामर्शदातासँग सम्झौता गरिएको हो। डीपीआर सुरु गर्नु पूर्वपरामर्शदातालाई एक महिनाको मोबिलाइजेसनको समय दिइएको छ।

परामर्शदाताले २०७७ वैशाखमा डीपीआर निर्माण गरी विभागलाई हस्तान्तरण गर्नेछ।परामर्शदाताले डीपीआरका लागि विदेशी साझेदारले १२ लाख ८५ हजार चार अमेरिकी डलर र नेपाली साझेदारका लागि १२ करोड नौ लाख ८० हजार ६ सय ५२ रुपैयाँ प्रस्ताव गरेको थियो।विभागले २०७५ असोज ६ गते निकुञ्ज र वन्यजन्तु आरक्ष क्षेत्रमा रेलमार्गको पुनःडीपीआर तयार गर्न विश्वव्यापी आसय मागेको थियो। मेची–महाकाली रेलमार्ग अन्तर्गतको निजगढ–हेटौंडा–भरतपुर खण्डको डीपीआर निर्माण गर्न १३ वटा परामर्शदाताले आवेदन बुझाएका थिए।

विभागको मूल्यांकन समितिले कार्य क्षमताका आधारमा ६ वटा परामर्शदाताको प्रारम्भिक सूची तयार गरेको थियो। २०७५ पुस १८ गते सूचीकृत भएका परामर्शदातासँग आर्थिक र प्राविधिक प्रस्ताव माग गरिएको थियो। यी परामर्शदाताको प्राविधिक र आर्थिक प्रस्ताव २०७६ वैशाख १३ गते खोलिएको थियो। परामर्शदाताको प्राविधिक तथा आर्थिक प्रस्ताव खोलिएको ९ महिना पनि डीपीआरका लागि सम्झौता भएको हो। पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ निकटका परामर्शदाताले डीपीआरको ठेक्का नपाएको भन्दै उनले आफ्नो क्षेत्राधिकार बाहिर गएर प्रक्रिया रोकेका थिए।

रेल विभाग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मतहतमा रहेपनि कुनै पनि आयोजनाका लागि ठेक्का लगाउँने र सम्झौता अघि बढाउन मन्त्रालयको स्वीकारोक्तीको आवश्यकता पर्दैन। तर, मन्त्रीले ठेक्का प्रक्रियामा हस्तक्षेत्र गरेकाले आर्थिक तथा प्राविधिक प्रस्ताव खुलाए पनि तत्कालीन समयमा सम्झौता हुन सकेको थिएन। सार्वजनिक खरिद (नवौं संशोधन) नियमावली २०७६ अनुसार विश्वव्यापी बोलपत्र निकालिएको एक सय २० दिनभित्रमा ठेक्का सम्झौता हुनुपर्नेछ। तर, मन्त्रीको हस्तक्षेपका कारण ठेक्का निकालिएको १५ महिनापछि मात्र सम्झौता हुन सकेको हो।

विभागको प्रारम्भिक सूचीमा परेका परामर्शदातामध्ये युसिन–बार्सल–सीआरईईसी–एफबीसी जेभी प्राविधिक तथा आर्थिक क्षमताका आधारमा निजगढ–मकवानपुर–भरतपुर रेल खण्डको डीपीआरका लागि योग्य देखिएको थियो। उसले प्राविधिक क्षमतार्फत ९२.५७ अंक प्राप्त गरेको छ। डीपीआर तयार गर्न विदेशी साझेदारका तर्फबाट १२ लाख ८५ हजार चार सय अमेरिकी डलर र नेपालीका लागि १२ करोड नौ लाख ८० हजार ६ सय ५२ रुपैयाँ प्रस्ताव गरेको छ। यो परामर्शदाताले तोकिएकै रकममा निजगढ–मकवानपुर–भरतपुर रेल खण्डको डीपीआर अघि बढाउनेछ।

सियुआन–ईआरएमसी जेभीले प्राविधिक क्षमताका आधारमा ८९.२ अंक प्राप्त गरेको थियो। उसले डीपीआरका निर्माण गर्न विदेशी साझेदारका लागि १२ लाख २१ हजार दुई ५० अमेरिकी डलर र नेपाली साझेदारका लागि १७ करोड चार लाख २८ हजार तीन सय रुपैयाँ प्रस्ताव गरेको थियो।पीईसी–सुसङ–केआरएनए–आरभी जेभीले प्राविधिक क्षमताका आधारमा ८६.७१ अंक प्राप्त गरेको थियो। उसले विदेशी साझेदारका लागि १६ लाख ९८ हजार तीन सय ५० अमेरिकी डलर र नेपाली साझेदरका लागि १२ करोड ३८ लाख ७४ हजार तीन सय ५० रुपैयाँ प्रस्ताव गरेको थियो।

आईसीटी–युकसेल जेभीले प्राविधिक क्षमताका आधारमा ८६.४९ अंक प्राप्त गरेको थियो। उसले विदेशी साझेदारका लागि २८ लाख ८५ हजार ६० अमेरिकी डलर र नेपाली साझेदरका लागि १७ करोड आठ लाख पाँच हजार एक सय १० रुपैयाँ प्रस्ताव गरेको थियो। राइट्स–बीडीए जेभीले प्राविधिक क्षमताका आधारमा ८४.३३ प्रतिशत अंक प्राप्त गरेको थियो। उसले विदेशी साझेदारका लागि ११ लाख १४ हजार आठ सय अमेरिकी डलर र नेपाली साझेदारका लागि १४ करोड ३३ लाख ९९ हजार सात सय रुपैयाँ प्रस्ताव गरेको थियो। अन्नपुर्णपोष्ट दैनिकबाट