१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा

वर्षमा १४ हजारले बढ्यो सुन

वर्षमा १४ हजारले बढ्यो सुन
अ अ+ अ-

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा एक वर्षमा करिब १३ हजार आठ सय रुपियाँले मूल्य वृद्धि भएको छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार तीन सय रुपियाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार रुपियाँ पुगेको छ ।
अघिल्लो वर्ष २०७५ पुस १४ गते सुनको मूल्य प्रतितोला ५९ हजार पाँच सय रुपियाँ थियो । उक्त महिनामा यसको अधिकतम मूल्य ६० हजार सात सय रुपियाँ कायम भएको थियो ।

गत असोजमा सुनको मूल्य बढेर ७३ हजार पाँच सय रुपियाँसम्म पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्य भन्छन्, अबको केही दिनमा नयाँ रेकर्ड बनाउने सङ्केत देखापरेको छ । सुनको मूल्य आश्चर्यजनक रूपमा वृद्धि हुनेमा आन्तरिक कारण मात्र चाँहि होइन । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा वृद्धि भएको छ । अघिल्लो वर्ष यसै अवधिमा यसको मूल्य प्रतिऔँस करिब एक हजार दुई सय अमेरिकी डलर कायम भएको थियो । सोमबार भने एक हजार ५१२ डलरभन्दा बढीमा पुगेको छ ।

सुनसँगै नेपाली बजारमा डलरको मूल्यमा भएको वृद्धिका कारण पनि नेपालमा अधिक मूल्य वृद्धि हुन पुगेको हो । नेपाली बजारमा अमेरिकी डलर ११४.४८ रुपियाँमा बिक्री भएको छ । त्यसका साथै एक नेपाली सुनको भन्सार दर पनि बढेको छ । अघिल्लो वर्ष प्रति १० ग्राम चार हजार दुई सय रुपियाँ भन्सार दर कायम गरिएकोमा चालू आवमा दुई पटकसम्म भन्सार दर बढाइएको छ । नयाँ आर्थिक वर्ष सुरु हुँदा पाँच हजार रुपियाँ भन्सार दर तोकिएको थियो । त्यसपछि गत असोजमा पुनः बढाएर छ हजार पाँच सय रुपियाँ पुर्याइएको छ ।

विवाहलगायतका अन्य शुभकार्यका लागि अफ सिजन भएका कारण नेपाली बजारमा सुनको किनबेच शून्यजस्तै भएको पूर्वअध्यक्ष शाक्य बताउछन् । पुसको अन्तिम सातापछि भने बजारमा केही चहलपहल देखिएला भन्ने आशा छ । सुनसँगै चाँदीको पनि मूल्य बढेको छ । गत वर्ष यही अवधिमा प्रतितोला ७६५ रुपियाँमा किनबेच भएको चाँदीको मूल्य सोमबार ८९० रुपियाँ कायम भएको छ । गोरखापत्र दैनिकबाट