१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा

पाँच वर्षमा तीन किलोमिटर मात्रै कालोपत्रे भएको भत्केपाटी–नगरकोट सडक

पाँच वर्षमा तीन किलोमिटर मात्रै कालोपत्रे भएको भत्केपाटी–नगरकोट सडक
अ अ+ अ-

सडक निर्माण समयमै नसकिँदा काठमाडौं उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटको पर्यटन व्यवसाय प्रभावित भएको छ । सरकारले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउँदै छ, तर संघीय राजधानी नजिकैको मुख्य पर्यटकीय स्थल नगरकोट पुग्ने सडक नबन्दा आन्तरिक र बाह्य पर्यटक बढ्न सकेका छैनन् । भ्रमण वर्ष उत्सव चलिरहेका वेला पर्यटकले भरिभराउ हुनुपर्ने यहाँका होटेल र रेस्टुरेन्ट भने सुनसान जस्तै छन् । धुलाम्मे सडक र कमजोर पूर्वाधारका कारण नगरकोट आउने पर्यटकको संख्या बढ्न नसकेको पर्यटन व्यवसायीहरू बताउँछन् ।

सडक निर्माणमा भइरहेको ढिलाइले यहाँको पर्यटन व्यवसाय चौपट बनेको नगरकोट–नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले बताए । ‘पर्यटनका लागि आवश्यक पूर्वाधार विकासमा सरकारको कुनै चासो छैन, भ्रमण वर्ष मात्रै घोषणा गरेर पर्यटक कसरी आउलान् ?,’ उनी प्रश्न गर्छन् । व्यक्तिगत प्रयासबाट भ्रमण वर्षको पहिलो सूर्योदय नगरकोटबाट, नगरकोट पर्यटन महोत्सवजस्ता कार्यक्रमको तयारी भइरहेको उनले बताए ।

नगरकोट पुग्ने सडक जीर्ण मात्रै होइन यहाँ एउटै सार्वजनिक शौचालयसमेत छैन । व्यवस्थित बसपार्क छैन । खानेपानीको समेत अभाव छ । प्राकृतिक शौन्दर्यबाहेक पर्यटकलाई सुविधा पुग्ने अन्य पूर्वाधार नभएको व्यवसायीहरूको गुनासो छ । पर्यटन सूचना केन्द्रसमेत नहुँदा नगरकोट आउने पर्यटकको यकिन तथ्यांक पनि छैन । सडक आयोजनाप्रमुख जगत प्रजापतिका अनुसार अहिलेसम्म निर्माण कम्पनीले नाला र कल्भर्ट निर्माण गर्ने, टेवा पर्खाल र ह्युमपाइप लगाउने, सब–बेस राख्ने तथा माटो कटिङ सम्पन्न गरेको छ ।

गत वर्ष तीन किलोमिटरमा कालोपत्रेसमेत गरेको थियो । त्यसबाहेक अब करिब १२ किमि सडक कालोपत्रे गर्न बाँकी छ । अहिलेसम्म ७० प्रतिशत काम सकिएको आयोजनाप्रमुख प्रजापतिले बताए । उनका अनुसार अहिलेसम्म पटकपटक गरी निर्माण कम्पनीले १७ करोड ३१ लाख रुपैयाँ भुक्तानी लिएको छ ।

पर्यटक हिँड्ने सडक हो, धुलो उड्न नदिनूः मन्त्री भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले थपिएको म्यादभित्र अनिवार्य काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । मन्त्रालयका सचिव, सडकका कर्मचारी र भक्तपुरका जनप्रतिनिधिसहित सोमबार बिहान नगरकोट पुगेका नेम्वाङले व्यवसायीलाई प्रश्न गरे, ‘उपत्यकामा धेरै सडक निर्माणमा स्थानीयवासीको अवरोध छ, तर यहाँ त्यस्तो समस्या पाइएन, फेरि निर्माणको काममा किन ढिलासुस्ती ?’ नेम्वाङले भ्रमण वर्षलाई सफल बनाउनसमेत तुरुन्तै सडक कालोपत्रे हुनुपर्नेमा जोड दिए । नयाँ पत्रिका दैनिकबाट