६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियताका सवालमा गम्भीर भएर सोच्न मतदातालाई अध्यक्ष ओलीको आग्रह



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको अखण्डता, स्वाभिमान र राष्ट्रियताका सवालमा गम्भीर भएर सोच्न मतदातालाई आग्रह गर्नुभएको छ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमाम आज भिडियो सन्देश दिँदै उहाँले आफूले देशको हित र विकासका लागि सक्दो प्रयास गर्दै आएको स्मरण गराउँदै ‘देश पहिलो’ भन्ने मान्यताका साथ एमालेलाई विजयी गराउन आग्रह गर्नुभएको छ ।

आफूप्रति भ्रम फैलाइएका कारण मानिसमा गुनासा, प्रश्न हुन सक्ने भन्दै पूर्वप्रधानमन्त्री ओलीले केही आफूबाट पनि कमजोरी भएका हुनसक्ने स्वीकार गर्नुभयो । उहाँले देश बनाउने अभियानमा अघि बढेकाले अब देशका संरचना कहिल्यै नजल्ने सुनिश्चिता चाहिएको तर्क गर्नुभयो ।

अध्यक्ष ओलीले यस पटकको निर्वाचन पार्टी-पार्टीबीचको निर्वाचनमा सीमित नरहेका उल्लेख गर्दै गम्भीर भएर सोच्न आग्रह गर्नुभयो । रासस