५ असार २०८३, शुक्रबार
,
Latest
सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन् संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ : मन्त्री पौडेल बजेट विनियोजन गर्दा प्रदेश र स्थानीय तहलाई ध्यान दिन सांसदको माग संघीयता कार्यान्वयनमा केन्द्रिकृत मानसिकता वाधकः नेता दंगाल सङ्घीयताको मर्मविपरित बजेट विनियोजन भयोः सांसद साह सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति ‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुतावासहरूलाई उच्च शतर्क रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न सरकारको निर्देशन



अ+ अ-

 काठमाडौँ। मध्यपूर्वमा बढ्दै गएको तनावलाई मध्यनजर गर्दै सरकारले सम्बन्धित देशका नेपाली दुतावासहरूलाई उच्च शतर्कतामा रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न निर्देशन दिएको छ ।

आईतवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिनुभएको हो । उहाँकाअनुसार बैठकमा मन्त्रीहरुले खाडी मुलुकमा तनाव बढ्दा नेपालको विमानस्थलमा देखिएका समस्या समाधान भइसकेको ब्रिफिङ गर्नुभएको छ ।

उहाँले प्रभावित क्षेत्रका लागि आधिकारिक ट्राभल एडभाइजरी जारी गरिएको जानकारी समेत जानकारी समेत गराउनु भयो । ट्रान्जिटमा परेका नेपाली कामदार तथा उपचारका लागि गएका बिरामीहरूलाई परेको असुविधा सम्बन्धित देशस्थित नेपाली राजदुतावासहरूसँग समन्वय गरी उनीहरूलाई गन्तव्यसम्म पु¥याउने व्यवस्था मिलाइएको समेत मन्त्री शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आजको बैठकमा मध्यपूर्वमा जारी युद्धको बारेमा छलफल भयो । यस युद्धबाट नेपाललाई परेको प्रभाव, नेपालले यसमा कसरी प्रतिक्रिया दिने ? नेपाली नागरिकहरुको सुरक्षाको विषयमा छलफल भयो ।

नेपालबाट बाहिर जाने विदेशी श्रमिकहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परेको समस्याको समाधान भइसकेको छ । श्रम मन्त्रालय, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयले सहकार्य गरेको विमानस्थलमा देखिएको समस्याको समाधान गरिसकेको छ ।

ट्राभल एड्भाइजरीहरु प्रकाशन भइसकेका छन् । अर्को, सम्बन्धित मुलुकमा गएर ट्रान्जिटमा परेका नेपाली कामदारहरु र प्यासेन्टहरुलाई भएको असुविधाबारे पनि छलफलहरु भए ।

उहाँहरुको सुविधाको लागि हरेक देशका राजदुतावासका राजदुतहरुसँग समन्वय गरेर गन्तव्यमा पुर्याउने तथा जान नसक्नेहरुलाई सम्बन्धीत कम्पनीले नै रेखदेख गर्नेगरी समन्वय भइसकेको छ । मध्यपूर्वमा रहेका नेपालीहरुको अहिलेसम्म कसैको पनि हताहत नभएको र सुरक्षाको निम्ति प्रबन्ध मिलाइसकेको जानकारी गराउँदछु ।’

उहाँले हालसम्म मध्यपूर्वमा रहेका नेपाली नागरिकमध्ये कसैको पनि हताहत नभएको र सुरक्षाका आवश्यक प्रवन्ध मिलाइसकिएको जानकारी गराउनु भयो । –न्युज एजेन्सी नेपाल