२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामग्री निर्वाचन अधिकृतको कार्यालयमा पठाइयो



अ+ अ-

नेपालगन्ज। बाँकेका तीनै निर्वाचन क्षेत्रमा मतपेटीकासहित सम्पूर्ण निर्वाचन सामग्री निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको छ ।

जिल्लाको निर्वाचन क्षेत्र नं १ मा आज तथा निर्वाचन क्षेत्र नं २ र ३ मा शनिबार निर्वाचन सामग्री पठाइएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी टेकबहादुर शाहीले बताउनुभयो । सोमबार मतदान अधिकृतलाई निर्वाचन सामग्री बुझाइने उहाँले जानकारी दिनुभयो ।

“निर्वाचन प्रयोजनका लागि सबै सामग्री पठाएइको छ, सोमबारदेखि मतदान अधिकृतलाई बुझाइन्छ”, उहाँले भन्नुभयो ।

बाँकेका सीमा नाका तीन दिन बन्द हुने 

प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचनका लागि बाँकेका सीमा नाका मौन अवधि सुरु भएसँगै तीन दिन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले सार्वजनिक सूचना जारी गर्दै फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सीमा नाका बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचनका लागि स्वतन्त्र, निष्पक्ष, भयरिहत र विश्वसनीय वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका सम्पूर्ण सीमा नाका बन्द हुने जारी सूचनामा उल्लेख छ । भारतसँग बाँकेको सीमा क्षेत्र करिब ६५ किलोमिटर रहेको छ ।   रासस