५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

अमेरिका र इजरायलको पक्षमा उभिनु नेपालको दीर्घकालीन हित हुन्छः अरुणकुमार सुवेदी

अमेरिका र इजरायलको पक्षमा उभिनु नेपालको दीर्घकालीन हित हुन्छः अरुणकुमार सुवेदी
अ+ अ-

काठमाडौँ: भूराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले हाल मध्यपूर्वमा भइरहेको तनावमा नेपाल अमेरिका र इजरायलको पक्षमा उभिनुपर्ने बताउनुभएको छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उहाँले नेपालको दीर्घकालिन हितको लागि पनि अमेरिका, भारत र ईजरायलको विपक्षमा जान नहुने बताउनु भयो । उहाँले नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै अमेरिका, इजरायल र भारतसँग समन्वय गरेर स्पष्ट नीति अवलम्वन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल सरकारले ढिलाइ नगरी आफ्नो औपचारिक धारणा स्पष्ट गर्नुपर्ने र खाडी क्षेत्रमा शान्ति स्थापना हुने पक्षमा कुटनीतिक रूपमा उभिनुपर्ने बताउनु भयो ।

नेपालको ऊर्जा सुरक्षा, व्यापारिक सुरक्षा र वैदेशिक रोजगारीको स्थायित्व प्रत्यक्ष रूपमा खाडी क्षेत्रसँग जोडिएको हुँदा त्यहाँको अस्थिरताले नेपाललाई गम्भीर असर पार्नसक्ने उहाँको भनाई छ । उहाँले इरानले प्रहार गरेको मिसाइल आक्रमण नेपालको हितविपरित भएको उल्लेख गर्दै त्यसको खुलेर विरोध गर्नुपर्ने बताउनु भयो । खाडी क्षेत्रमा कार्यरत लाखौं नेपाली कामदारहरूको सुरक्षा जोखिममा पर्नसक्ने भएकाले त्यस क्षेत्रमा तत्काल शान्ति स्थापना हुन आवश्यक रहेको उहाँको भनाई छ । इरानको वर्तमान शासन पतन भएर गल्फ क्षेत्रमा तत्काल शान्ति स्थापना हुनु नै नेपालको हितमा हुने उहाँले बताउनु भयो ।

उहाँले हाल आपतकालीन अवस्थामा नेपाली नागरिकको उद्धार चुनौतीपूर्ण हुने भएकोले भारत वा अमेरिकाको सहयोग अपरिहार्य रहेको बताउनु भयो । उहाँले नेपालमा विगतमा इरान वा उत्तर कोरियाजस्ता राष्ट्रहरूको पक्षधरतालाई राष्ट्रवादको आवरण दिइने प्रवृत्ति कमजोर हुँदै गएको दाबी गर्नुभयो ।  आगामी निर्वाचनमा ती धारहरूको प्रभाव घट्ने संकेत देखिएको उहाँको भनाई छ । सुवेदीले नेपालमा कम्युनिस्ट शक्तिहरूले दशकौँदेखि अमेरिका र भारतविरुद्ध घृणा–राजनीति गर्दै आएको आरोप लगाउनु भयो । तर विश्वव्यापी सन्दर्भमा माक्र्सवादी र इस्लामिक अतिवाद नियन्त्रणमा अमेरिकाको महत्वपूर्ण भुमिका रहेको उहाँको तर्क छ । दक्षिण अमेरिका र मध्य अमेरिकाका द्वन्द्वहरू नियन्त्रण गर्न अमेरिकाले खेलेको भुमिका महत्वपूर्ण रहेको उहाँले बताउनु भयो ।

नेपालका केही तराई र पहाडी क्षेत्रहरूमा इस्लामिक अतिवादका गतिविधि बढिरहेको दाबी गर्दै सुवेदीले इरानको कठोर शासन कमजोर हुँदा त्यसको मनोवैज्ञानिक प्रभाव नेपाल र भारतमा समेत सकारात्मक पर्ने विश्वास व्यक्त गर्नुभयो । सुवेदीले इरानमा शासन परिवर्तन भएर चाँडो शान्ति स्थापना भए नेपाललगायत दक्षिण एशियाली देशलाई सहज हुने बताउनु भयो । उहाँले खाडी क्षेत्रमा भएको द्धन्दले तेल निर्यातमा अवरोध हुने भएकाले विश्व बजारमा ठूलो समस्या आउन सक्ने चेतावनी दिनुभयो । भारतले सम्भावित संकटलाई ध्यानमा राख्दै वैकल्पिक ऊर्जा आपूर्ति सुनिश्चित गर्ने कुटनीतिक प्रयास अघि बढाएको उल्लेख गर्दै उहाँले नेपाल भारतको ऊर्जा प्रणालीमा निर्भर भएकाले भारतमा ठूलो ऊर्जा संकट नआए नेपालमा प्रत्यक्ष असर सिमित हुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘अमेरिका इजरायल र खाडी क्षेत्रका अरु राष्ट्रसित हाम्रो राष्ट्रिय स्वार्थ जोडिन्छ । त्यसकारण उनीहरु जुन पक्षमा हामीहरु त्यही पक्षमा । भारतसँग हाम्रो राष्ट्रिय स्वार्थ जोडिन्छ । भारत जे पक्षमा हामीहरु त्यो पक्षमा, हाम्रो इनर्जी सेक्युरिटी लगायत हाम्रो व्यापारिक सेक्युरिटीको लागि यी दुइटा विषयवस्तुलाई एक ठाउँ राखेर हामीहरुले राष्ट्रिय स्वार्थ निर्धारण गरेर आफ्नो नीति बनाउनु पर्छ । अहिले इरानले जुन किसिमले मिसाइलहरु प्रहार गरिराख्या छ । त्यो नेपालको विपक्षमा छ । यसलाई कन्डेम गर्नुपर्छ, हाम्रा नागरिकहरु पनि खतरामा पर्न सक्छन् । यसलाई अविलिम्व रोक्नका लागि हाम्रा संसारका मित्र शक्तिहरुले जे जे गर्छन् त्यसमा हाम्रो समर्थन रहनुपर्छ । जति सक्दो चाँडो इरानको रेजिम फल गरेर गल्फ पर्सियन गल्फमा जति सक्दो चाडो शान्ति स्थापना भयो, हामीहरुलाई उति सहज अवस्था निर्माण हुन्छ । त्यहाँबाट हाम्रा दाजुभाइलाई उद्धार गर्नुप¥यो भने त्यो नै हामीले अहिलेको अवस्थामा गर्नसक्ने स्थिति होइन, असम्भव प्राय हुन्छ । त्यसमा अब भारतलाई नै हामीहरुले गुहार्नु पर्छ । अमेरिकालाई गुहार्न पनि अमेरिकाका सिभिलियन एयरक्राफ्टरहरु त उता छन् । भारतका भए त यही छन् । त्यसकारण धेरै गाह्रो कुरो हो हामीलाई । अनि त्यो वर्क फोर्स यहाँ आउदा खेरि त्यसलाई फर्दर रोजगारीमा अर्को अवसर त यहाँ निर्माण हुँदैन । प्लेसमेन्ट त हुदैन त्यसले अर्को डरलाग्दो परिस्थिति सामाजिक रुपमा र राजनीतिक रुपमा पनि अर्को डरलाग्दो परिस्थिति निर्माण हुन्छ । अहिले नै पनि के भने बाह्य आवेग आन्तरिक असरको अध्यायमा नेपाल छ, राजनीतिक रुपले । त्यो स्थिति यहाँ अरु खराब भएर उपस्थित भयो भने त्यसको राजनीतिक र आर्थिक असर हामीहरुले झन् थेग्न सक्दैनौ । त्यसकारण हाम्रो बेस्ट इन्ट्रेस्ट भनेको अहिले इरानको रेजिम फल हुनुपर्छ र पर्सियन गल्फमा शान्ति स्थापना हुनुपर्छ ।’ 

सुवेदीले ईरानलाई रूस र चीनले सैन्य सहयोग गर्नसक्ने अवस्था नरहेकोले मध्यपूर्वमा थप तनाव नहुने बताउनु भयो । रुस युक्रेन युद्धमा व्यस्त रहेकाले इरानलाई ठूलो सैन्य सहयोग गर्न नसक्ने र चीनले पनि प्रत्यक्ष सैन्य हस्तक्षेपभन्दा रणनीतिक सन्तुलनमा ध्यान दिने सम्भावना बढी रहेको उहाँको विश्लेषण छ । उहाँकाअनुसार युद्ध दीर्घकालीन बने दक्षिण एशियामा ऊर्जा मूल्य, आपूर्ति श्रृंखला र श्रम बजारमा असर पर्नसक्छ । खाडीबाट ठूलो संख्यामा नेपाली श्रमिक फर्किनुपरे सामाजिक तथा राजनीतिक दबाब बढ्न सक्ने उहाँको भनाई छ । – न्युज एजेन्सी नेपाल