२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको जित



अ+ अ-

काठमाडौँ। आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८ ‘ मा हिजो भएको खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई ४ विकेटले हराएको छ।

श्रीलंकाको कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले ७ विकेट गुमाएर एक सय ५९ रन बनाएको थियो ।

३ ओभरमा ४३ रन आवश्यक रहेको अवस्थाबाट विल ज्याक्स र रेहान अहमदले १६ बलमा अविजित ४४ रनको साझेदारी गरे ।

१८औं ओभरमा ग्लेन फिलिप्सले २२ रन बेहोरे भने १९औं ओभरमा कप्तान मिचेल सान्टनरले १६ रन बेहोरेपछि अन्तिम ओभरमा ५ रन आवश्यक थियो । ज्याक्सले १८ बलमा अविजित ३२ रन बनाए भने रेहानले ७ बलमा १९ रन बनाए ।

इंग्ल्यान्डले सुरुवाती २ ओभरभित्रै २ विकेट गुमाएको थियो । टम बेन्टनले ३३ रन बनाए भने कप्तान ह्‍यारी ब्रूकले २६ अनि ज्याकब बेथेलले २१ रन बनाए ।

न्युजिल्यान्डका लागि रचिन रविन्द्रले ३ विकेट लिँदा म्याट हेनरी, लकी फर्गुसन र ग्लेन फिलिप्सले १-१ विकेट लिए ।

न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ३९ रन जोडे । ओपनर टिम शिफर्टले ३५ रन जोडे ।

इंग्ल्यान्डका लागि रेहान अहमद, आदिल राशिद र विल ज्याक्सले दुई-दुई विकेट लिए ।

न्युजिल्यान्डले यो खेल जितेको भए सेमिफाइनलमा पुग्ने थियो । तर अब टोली पाकिस्तान र श्रीलंकाबीच आज हुने समूह–२ को सुपर–एट खेलको नतिजा पर्खनुपर्नेछ । तालिकामा न्युजिल्यान्डको ३ र पाकिस्तानको १ अंक छ भने श्रीलंका पहिलो दुवै खेलमा पराजित भइसकेको छ ।




भर्खरै