५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निष्पक्ष निर्वाचनका लागि नागरिक अगुवाहरूको अपिल



अ+ अ-

काठमाडौँ। आसन्न प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष बनाउन नागरिक अगुवाहरुको समूहले अपिल गरेको छ ।

नागरिक अगुवाहरूका तर्फबाट डा चन्द्रमणि अधिकारी, प्रा डा केशव खड्का र डा शशिधर खनाललगायत विभिन्न क्षेत्रका ६४ जनाले आज संयुक्त अपिलपत्र जारी गरी निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न अपिल गरेका हुन् ।

उक्त अपिलमा भनिएको छ, “भदौ २३ र २४ गतेको दुखद् एवं कहालिलाग्दो घटनापश्चात् यही फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य पदको निर्वाचन स्वतन्त्र, निष्पक्ष, तटस्थ एवं भयरहित वातावरणमा सम्पन्न गर्न गराउन हामी सचेत नागरिक निर्वाचन आयोग, नेपाल सरकार, राजनीतिक दल, आमसञ्चार जगत्, उम्मेदवार, मतदाता र सर्वसाधारण नागरिकमा हार्दिक अपिल गर्दछौँ ।” रासस