५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

बिबिसीको रिपोर्ट गम्भीर चालबाजी: खापुङ

बिबिसीको रिपोर्ट गम्भीर चालबाजी: खापुङ
अ+ अ-

काठमाडौँ: पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले आमनिर्वाचनको संघारमा बिबिसीले सार्वजनिक गरेको विवादास्पद डकुमेन्ट्री गम्भीर चालबाजी रहेको बताएका छन् ।

जनआस्थालाई प्रतिक्रिया दिँदै खापुङले भदौ २३ गतेको जेन जी प्रदर्शन र भोलिपल्टको विध्वंशमध्ये २३ गते दिउँसोको निश्चित समय र स्थानको मात्रै फोटो, भिडियो जोडेर बनाइएको डकुमेन्ट्री ‘प्रायोजित’ रहेको ठहर गरेका छन् ।

खापुङ गत भदौमा जेन जी आन्दोलन हुँदा नेपाल प्रहरीको महानिरीक्षक (आईजी) थिए । बिबिसीले खापुङकै आदेशमा प्रहरीले गोली चलाएको बताएपछि अहिले सर्बत्र आलोचना भइरहेको छ । खासगरी कर्फ्यु लागिसकेपछि आईजीको आदेश के हुन्छ भन्नेमा बहस केन्द्रित छन् ।

अवकाशपछि उनी आजभोलि गृहजिल्ला तेह्रथुममा खेती किसानीमा रमाइरहेको भन्दै सामाजिक संजालमा पोस्ट गरिरहेका पाइन्छन् ।

उनले भनेका छन्, ‘जिल्ला तहबाट कर्फ्यु घोषणा भइसकेको बेला माथिल्लो सुरक्षा नेतृत्वले गोली चलाउन छुट्टै आदेश दिन नपर्ने, परिस्थितिको आवश्यकताअनुसार के गर्ने भन्ने निर्णय जिल्ला सुरक्षा समितिले आफ्नो सर्वमान्य सिद्धान्तबमोजिम कार्यान्वयन हुन्छ ।’

चुुनावको मुखमा जनमतलाई प्रभावित पार्ने उद्देश्यसहित भित्री कन्टेन्ट केही नभएको विषय काटकुट पारेर सामाजिक सञ्जालमार्फत उछालिएको उनको दावी छ ।

डकुमेन्ट्रीका नाममा पश्चिमाहरु आफैँ नेपालको आन्तरिक मामिलामा हात हाल्न हाम्फालेको कुबेरले बताए । ‘यहाँको मिडियाबाजीले नभ्याएर मिशन पुरा गर्न उनीहरु आफैँ हाम्फालेका हुन्’ उनको भनाइ उद्धृत गर्दै जनआस्थाले लेखेको छ ।

दुई महिना मात्रै प्रहरी प्रमुख रहेका खापुङले निर्वाचनको मुखमा गरिएको यस्तो प्रचारबाजीलाई अरुको बदनाम गर्ने बेकारको प्रयास भनेका छन् ।