५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा पुस्ताको सक्रियता कांग्रेसका लागि महत्वपूर्ण अवसर



अ+ अ-

धनुषा। नेपाली कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नं–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विमलेन्द्र निधिले नेपाली कांग्रेसको नयाँ नेतृत्वले लिएको दिशा र युवा पुस्ताको सक्रियता कांग्रेसका लागि महत्वपूर्ण अवसर भएको बताउनुभएको छ ।

जनकपुरधाममा सञ्चारकर्मीसँग आज कुरा गर्दै नेता निधिले सभापति गगनकुमार थापाको नेतृत्वमा देखिएको युवा ऊर्जा र परिवर्तनको सन्देशलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्नुभयो । वर्तमान परिस्थितिमा नेपाली कांग्रेसमा नयाँ जोश, ऊर्जा र एकताको वातावरण देखिएको उहाँको भनाइ थियो ।

नेता निधिले फागुन ६ गते भएको आमसभा कांग्रेसका लागि सकारात्मक सङ्केत भएको बताउनुभयो । उहाँले कांग्रेसभित्र अहिले कुनै ठूलो विवाद वा मतभेद नरहेको समेत स्पष्ट गर्नुभयो ।

मधेशमा चुनावी गतिविधि तीव्र बन्दै जाँदा कांग्रेसले सङ्गठन विस्तार, घरदैलो कार्यक्रम र जनसम्पर्कलाई प्राथमिकतामा राखेको निधिले बताउनुभयो । “स्थानीय मुद्दा, विकासको एजेन्डा र राजनीतिक स्थायित्वको सन्देशसहित कांग्रेस चुनावी मैदानमा उत्रिएको छ”, उहाँले भन्नुभयो । रासस