रुपन्देही। प्रहरीले बुटवलबाट साढे २७ लाख रुपैयाँ भन्दा बढीको बिलबिजक बिनाका सामान बरामद गरेको छ ।
मङ्गलबार बुटवल उपमहानगरपालिका–८ सुख्खानगर, मैत्रीपथबाट अन्दाजी मूल्य २७ लाख ७८ हजार बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दले बताउनुभयो ।
दुईवटा गाडीमा अवैध रुपमा मदिरा ल्याइँदै छ, भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा बाटोको किनारामा पार्किङ गरी राखिएको गाडीबाट बिलबिजक बिनाका मदिरा भेटिएको उहाँले बताउनुभयो ।
बरामद गरिएका सामान र सवारीसाधन आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रासस











