१४ असार २०८३, आईतवार
,
Latest
अत्यावश्यक खोपको तत्काल प्रबन्ध गर्न सांसद आचार्यको माग फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछः आर्यन राई कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज… मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले अग्रसरता लिएन रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै संसदमा प्रश्न नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदाताको प्राथमिकतामा दुलेगौँडा–हर्कपुर मोटरमार्ग



अ+ अ-

तनहुँ।  दुलेगौँडा–हर्कपूर मोटरमार्ग हरेक निर्वाचनमा नेताहरूको चुनावी नारा बन्छ ।

स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभासम्म जो उम्मेदवार आए पनि एउटै वाचा गर्छन्, यो सडक बनाउँछु । यही सडकलाई देखाएर नेताहरुले चुनाव जिते पनि सडकको अवस्था उस्तै छ । वर्षौँ भयो, सडकको अवस्था सुध्रिएको छैन । वर्षायाममा हिलोले गाडी फस्छ, हिउँदमा धुलोले सास फेर्न गाह्रो हुन्छ ।

शुक्लागण्डकी नगरपालिका–३ कालिम¥याङका दलबहादुर थापाले चुनावका बेला जनतालाई आश्वासन देखाएकाहरुले चुनाव जितेपछि काम नगरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “चुनाव आउँदा हामी जनताको घर–घर धाउँछन् । हात जोड्छन्, सपना देखाउँछन् । तर, जितेपछि हामी को हौँ भनेर कसैले सोध्दैन । सडकको यस्तो हालत देख्दा नेताको आँखा नखुल्नु लाजमर्दो हो । चुनाव आउँदा मात्रै हामी नागरिक हुन्छौँ ।”

शुक्लागण्डकी नगरपालिका–६ ब्यागनका विष्णुमाया परियारले चुनावका बेला मात्रै सडकले प्राथमिकतामा पाउने गरेकामा गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “सडकको सास्ती कति छ, शब्दमा बयान गर्नै सकिँदैन । नेताहरूले यो बाटोलाई चुनावी भाषणको मसला मात्रै बनाए । हामीले दुःख भोगिरहेका छौँ, उनीहरू भाषण गरेर सत्तामा पुगिरहेका छन् ।”

दुलेगौँडा–हर्कपुर मोटरमार्गको शुक्लागण्डकी नगरपालिका–३ वन्केवाको टारदेखि म्याग्दे गाउँपालिका–६ हर्कपुर खण्ड कालोपत्रेका लागि ठेक्का लगाएको सात वर्ष पुगेको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ योजनाअन्तर्गत दुलेगौँडा–हर्कपुर मोटरमार्ग कालोपत्रे गर्न विसं २०७६ कात्तिक ४ गते शङ्करमाली निर्माण सेवा प्रालि काठमाडौँले ठेक्का लियो ।

कूल १०.१८ किलोमिटर सडक कालोपत्र विसं २०७८ माघ १६ गतेभित्र सक्ने सम्झौता भएपनि हालसम्म चार पटक म्याद थप भएको छ । थपिएको म्याद आगामी चैतमा सकिन्छ । तर, काम भने ५० प्रतिशत पूरा भएको छैन ।

शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो ।

स्थानीय एवं दुलेगौँडा हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष देउबहादुर श्रेष्ठले यस क्षेत्रकै सबैभन्दा पुरानो सडक समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले धुलो र हिलोको मार खेपेको बताउनुभयो । रासस