६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको संघारमा रेड बुक: गुल्मीमा वैचारिक पुनर्जागरण अभियान



अ+ अ-

काठमाडौं । निर्वाचन नजिकिँदै गर्दा गुल्मी–२ मा नेपाली कम्युनिस्ट पार्टीले फेब्रुअरी २१ लाई वैचारिक प्रतिबद्धताको दिनका रूपमा मनाएको छ।  १८४८  मा प्रकाशित The Communist Manifestoको स्मरण गर्दै पार्टीले वडा र पालिका तहमा विशेष बैठक आयोजना गरेको थियो।

नेता प्रमेश पोखरेलले कार्यकर्तालाई सम्बोधन गर्दै कम्युनिस्ट आन्दोलनलाई अवसरवादबाट जोगाउँदै सिद्धान्त, संगठन र जनसम्पर्कको त्रिकोणमा उभ्याउनुपर्ने बताएका छन्। उनले कृषि संकट, युवा पलायन र उद्योगहीनतालाई दलाल–नौकरशाही संरचनासँग जोड्दै उत्पादन पुनर्निर्माणलाई मुख्य राजनीतिक कार्यभारको रूपमा व्याख्या गरे।

घरदैलो कार्यक्रममा उनले मत माग्दै भने, “हामी मत मात्र होइन, विचारको समर्थन खोजिरहेका छौं।” अभियानका क्रममा युवा र किसानसँग प्रत्यक्ष संवाद गर्दै सहकारी कृषि, स्थानीय उद्योग र पारदर्शी शासनबारे प्रतिबद्धता व्यक्त गरिएको थियो।