१४ असार २०८३, आईतवार
,
Latest
कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली संसदलाई समस्या समाधानको थलो बनाउन र परिणाममुखी बहस गर्न सांसद रेग्मीको माग लोकतान्त्रिक शक्तिहरुलाई मिल्न नदिनको लागि नेपाली काँग्रेस फुटाइयो, अब एमालेमा हात हाल्न खोजिँदैछः ओली केही कमजोरीहरू भए आत्मसमीक्षा गरौँला, तर देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत होः अध्यक्ष ओली हामीले असाधारण काम गरेका छौँ, एमालेका नीतिहरू एकदमै सही छन्ः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन विरोधी गतिविधिमा सङ्लग्नलाई कानुनी दायरामा ल्याइने



अ+ अ-

काठमाडौँ। गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने र शान्ति व्यवस्थामा असर पु¥याउनेलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षता, गृहसचिव राजकुमार श्रेष्ठको सहभागिता तथा सुरक्षा निकायका प्रमुख र गृह मन्त्रालयका कर्मचारीको उपस्थितिमा आज बसेको बैठकले दैनिक रूपमा शान्ति सुरक्षा, निर्वाचन तथा समसामयिक चुनौतीको विश्लेषण गरेको हो ।

विभिन्न जिल्लामा निर्वाचन विरोधी गतिविधि गर्ने, प्रचारप्रसारमा राजनीतिक दल तथा व्यक्तिका विरुद्ध लान्छना लगाउने, टायर बाल्ने, राँके जुलुस निकाल्ने, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी तथा तोडफोड गर्ने तथा अन्य हिंसात्मक क्रियाकलाप गरी शान्ति सुव्यवस्था तथा वातावरणमा गम्भीर असर पु¥याउनेलगायतका घटनाका सम्बन्धमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । साथै उल्लिखित कार्य कानुनद्वारा वर्जित र दण्डनीय भएकाले यस्तो गर्ने जो कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याइने मन्त्रालयले स्पष्ट पारेको छ ।

आगलागी नियन्त्रणमा सिम्रिक एयरको सहयोग

यसैबीच काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखान बालुवास्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको तारेभिर जङ्गलमा लागेको वन डढेलो नियन्त्रणमा सिम्रिक एयरले निःशुल्क सहयोग गरेको छ ।

आज विहान ९ः४५ बजेदेखि लागेको आगो नियन्त्रणका लागि गृह मन्त्रालयको निर्देशन र जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा सिम्रिक एयरले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क रूपमा १३ पटक पानी ओसारी आगो निभाउन सघाएको हो । यसबाट तत्काल आगो बागद्वार तथा बस्तीतर्फ जानबाट रोकिएकोे गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताउनुभयो ।

उहाँका अनुसार आगलागी नियन्त्रणकार्यमा थप मद्दतका लागि सुरक्षाकर्मी, निकुञ्जका कर्मचारीलगायत स्थानीय निकायको सहभागिता रहेको थियो । उक्त हेलिकप्टर सेवा प्रदायक कम्पनीको महत्वपूर्ण सहायता प्राप्त भएको जनाउँदै गृह मन्त्रालयले हार्दिक आभार प्रकट गरेको छ । रासस