१४ असार २०८३, आईतवार
,
Latest
कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली संसदलाई समस्या समाधानको थलो बनाउन र परिणाममुखी बहस गर्न सांसद रेग्मीको माग लोकतान्त्रिक शक्तिहरुलाई मिल्न नदिनको लागि नेपाली काँग्रेस फुटाइयो, अब एमालेमा हात हाल्न खोजिँदैछः ओली केही कमजोरीहरू भए आत्मसमीक्षा गरौँला, तर देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत होः अध्यक्ष ओली हामीले असाधारण काम गरेका छौँ, एमालेका नीतिहरू एकदमै सही छन्ः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा नमूना मतदान अभ्यास



अ+ अ-

नेपालगञ्ज। बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ नजिकिँदै जाँदा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको सहभागितामा आज मतदान अभ्यास गरिएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन नमूना मतदान अभ्यासले सघाउ पु¥याउने जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बताउनुभयो ।

निर्वाचन प्रक्रियामा त्रुटि हुन नदिन सहयोग पुग्ने उल्लेख गर्दै उहाँले विभिन्न मतदान केन्द्रमा निर्वाचन सुरु हुँदादेखि अन्त्यसम्मको प्रक्रियाबारे मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई जानकारी हुने उल्लेख गर्नुभयो ।

शान्ति पूर्ण रूपमा निष्पक्ष निर्वाचन गराउन अपनाइने तरिकाबारे जानकारी दिनु नमूना मतदान अभ्यासको उद्देश्य रहेको शाहीको भनाइ छ ।

यहाँ एक सय ६० मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको र चरण चरणमा सबै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई पुनः नमूना मतदान अभ्यासद्वारा प्रशिक्षित गराइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले मतदान अभ्यास प्रक्रियामा सहजीकरण गर्नुभएको थियो । यस्तो अभ्यास तथा प्रशिक्षण फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।