२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनमा शान्तिको प्रयास ’स्थगित गर्न सकिँदैन’ : पोप



फाइल फोटो ।
अ+ अ-

बुडापेस्ट। युक्रेनमा शान्ति स्थापनाको प्रयास कुनै पनि मूल्यमा स्थगित गर्न नहुने क्रिश्चियन धर्मगुरू (पोप) ले आइतबार बताउनुभएको छ ।

पोप लियो चौधौँले युक्रेनमा शान्ति ‘तत्काल आवश्यकता’ भएको र यसलाई कुनै पनि शर्तमा स्थगित गर्नुनहुने बताउनुभएको हो ।

उहाँले सेन्ट पिटर्स स्क्वायरमा भीडलाई आफ्नो नियमित सम्बोधनका क्रममा भन्नुभयो, “शान्ति प्रयासलाई स्थगित गर्न मिल्दैन । यो एक अनिवार्य आवश्यकता हो । यसका लागि विश्व समुदायले हृदयदेखि नै लाग्नुपपर्छ र जिम्मेवार निर्णयहरूमा रूपान्तर गर्नुपर्दछ।“

अमेरिकामा जन्मेका पोपले थप्नुभयो, “हतियारहरू शान्त हुनुपर्छ, बमबारी रोकिनुपर्छ र विलम्ब नगरी युद्धविराम गरिनुपर्छ र शान्तिको बाटो खोल्न संवादलाई बलियो बनाउनुपर्छ । युक्रनमा शान्तिको पहललाई नरोक्न म दृढतापूर्वक आग्रह गर्दछु ।”

युक्रेनले सन् २०२२ फेब्रुअरी २४ मा रूसको आक्रमणको चार वर्ष पूरा गर्नेछ । युद्धले शहरहरू तहसनहस पारेको छ, लाखौंलाई विस्थापित गरेको छ भने दुबै पक्षका गरी ठूलो सङ्ख्याको ज्यान लिएको छ।

मस्कोले युक्रेनी क्षेत्रको पाँच भागको एक भाग ओगटेको छ र विशेष गरी पूर्वी डोनबास क्षेत्रमा बन्दोबस्तीलगायतका सामानमा ठूलो क्षति पुगेको छ ।

उक्त क्षेत्रमा रूसी फौजले युक्रेनी प्रतिकारका बाबजुद पनि अगाडि बढिरहेको छ।

संयुक्त राज्य अमेरिकाले दुबै पक्षलाई युद्ध अन्त्य गर्न दबाब दिइरहेको छ, हालैका हप्ताहरूमा अमेरिकी मध्यस्थतामा धेरै चरणको वार्ता चलेको र संवादले सकारात्मक नतिजा दिने आशा सिर्जना गरेको छ।  (रासस/एएफपी)