१४ असार २०८३, आईतवार
,
Latest
नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली संसदलाई समस्या समाधानको थलो बनाउन र परिणाममुखी बहस गर्न सांसद रेग्मीको माग लोकतान्त्रिक शक्तिहरुलाई मिल्न नदिनको लागि नेपाली काँग्रेस फुटाइयो, अब एमालेमा हात हाल्न खोजिँदैछः ओली केही कमजोरीहरू भए आत्मसमीक्षा गरौँला, तर देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत होः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

डढेलोको उच्च जोखिममा चितवन



अ+ अ-

चितवन।   जिल्लामा वन्यजन्तुको मुख्य बासस्थानका रूपमा रहेको बरण्डाभार क्षेत्र डढेलोको उच्च जोखिममा रहेको छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी देविप्रसाद पौडेलका अनुसार डढेलोको जोखिममा रहेका जिल्लामध्ये चितवन १० वटाभित्र पर्ने र गर्मी बढेसँगै जोखिम बढेको बताउनुभयो । मुख्यतः फागुनदेखि जेठसम्म डढेलोको जोखिम रहने गरेको छ ।

“बरण्डाभार क्षेत्रमा माइकेनियालगायत झाडीले ढाकेको र गर्मी समयमा यो झार चाँडो सुक्ने भएकाले ढडेलोको सम्भावना बढेको हो । योसँगै सालका पातहरु झरेर सुक्ने हुँदा पनि डढेलोको जोखिम बढेको छ”, उहाँले भन्नुभयो,“यसलाई नियन्त्रणका लागि अग्निरेखा निर्माण, समुदायमा सचेतना फैलाउने, सामुदायिक वनका उपभोक्तालाई डढेलो नियन्त्रणका लागि तयारी रहन आग्रह गर्ने जस्ता काम भइरहेका छन् ।”

सूचना अधिकारी पौडेलका अनुसार कार्यालय मातहतका सामुदायिक वन, कबुलियती वन र धार्मिक वनमा अग्निरेखा निर्माणको काम सुरु गरिएको छ भने सडक आसपासका झाडी सरसफाइ, अग्नि नियन्त्रणका सामग्री खरिद गर्नेलगायत काम गरिएका छन् । हाल कार्यालयसँग चार हजार लिटरको वाटर ट्याङ्क जोडिएको ट्याक्टरमा, आगो निभाउन प्रयोग हुने अन्य सामग्री तयारी अवस्थामा राखिएका छन् ।

यस्तै, सबडिभिजन स्तरमा वन डढेलो नियन्त्रण सञ्जाल गठन गर्ने र परिचालन गर्नेलगायत काम भइरहेका छन् । अग्नि नियन्त्रणका लागि आमसञ्चार माध्यमबाट सूचना प्रवाह र जनतालाई सु–सूचित गर्ने कामहरु पनि भइरहेका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । यस कार्यालयअन्तर्गत १० हजार ३०२ हेक्टर क्षेत्रफलमा पूर्व पश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडक खण्डसहित विभिन्न ठाउँ जाने सडक पर्ने भएकाले ती क्षेत्र आवतजावत गर्ने व्यक्तिले चुरोटको ठुटा ननिभाइ फाल्दिने, राम्रो घाँस पलाउँछ भन्दै डढेलो लगाई दिनेजस्ता कार्यले डढेलोको जोखिम हुने गरेको उहाँले बताउनुभयो ।

आसन्न प्रतिनिधिसभा निर्वाचनपछि अग्नि नियन्त्रणका लागि अग्नि हेरालु नियुक्ति गरी खटाउने, कार्यालयमा रहेका वनरक्षकलाई परिचालन गर्नेलगायत काम तीव्र पारिने पौडेलले बताउनुभयो ।

कार्यालय मातहतमा ९३ वटा सामुदायिक वन, चार सय वटा कबुलियती वन र सातवटा धार्मिक वन रहेका छन् । ती वनमा समेत डढेलो लाग्न नदिन सचेतना फैलाउने र डढेलो नियन्त्रणका लागि तयारी रहन आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । रासस