५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री

निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री
अ+ अ-

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा चुनाव हुँदैन की भन्ने संशय हटेको बताउनुभएको छ ।

शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा चुनाव गराउन बनेको सरकारले शुरुवाती दिनहरुमा अनेकौँ चुनौतीहरु आइपरेपनि निरन्तरको संवाद र दलहरुसँगको सहकार्यपछि मुलुकमा निर्वाचन हुने बाटो बनेको बताउनुभएको हो ।

उहाँकाअनुसार यो सरकार बनेको ५–६ हप्तासम्म निर्वाचन हुने हो की भन्ने आशंका आम मानिससँगै राजनीति वृत्तमा रहेपनि अहिले हटेर गएको बताउनु भयो । मुलुकलाई निर्वाचनमा लैजान अन्तरिम सरकारले कतिपय बजेटमा आएका विषयवस्तुलाई कार्यान्वयनमा नलगेको पनि प्रष्ट पार्नुभयो ।

र्थमन्त्री खनालले भन्नुभयो–‘जुन आशंका आम मानिससँगै राजनीति वृत्तमा सरकार बनेको ५–६ हप्तासम्म थियो । निवार्चन हुँदैन भन्ने थियो । जेलबाट भागेका कैदीहरु निस्केका छन् । हतियारहरु बाहिर छन् । पुराना पुस्ताका धेरै शासन सत्ता चलाएका नेताहरुलाई देख्नै चाहँदैनन् । उनीहरुसँग वार्ता नै गर्न चाहँदैनन् । परस्पर संवादको वातावरण नै छैन । यस्तो अवस्थामा यो सरकारले कसरी निर्वाचन गराउन सक्ला भन्ने एउटा ठूलो संशय मुलुक सामु थियो । त्यसलाई अत्यन्तै संयमतापूर्वक कुनै प्रतिरोध नगरी त्यो संशयलाई मेटाउन ठूलो चुनौती थियो । त्यो चुनौतीलाई बहन गर्नुपर्छ र त्यसलाई भड्किन नदिन कतिपय पर्यटन क्षेत्रसहित अरु धेरै कामहरु गर्न सकिएन ।’

अर्थमन्त्री खनालले दिगो पर्यटन विकास गर्न जरुरी रहेको समेत बताउनु भयो । खनालकाअनुसार भ्रष्टाचार न्युनिकरण र सुशासन कायम गर्ने जिम्मेबारी यो सरकारलाई भएकोमा कतिपय कुरामा सफलता प्राप्त भएको समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल