२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरीका दुईवटा स्कुटरसहित चार जना पक्राउ



अ+ अ-

काठमाडौँ। प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट दुईवटा चोरीका स्कुटरसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँस्थित कीर्तिपुर नगरपालिका–१० स्थित गुरुङ टोलबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालिका–८ गैलनदीका २४ वर्षीय सन्तोष विष्ट, २२ वर्षीय धर्मेन्द्र खडायत, उदयपुर घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१० बालुवाखानी कपन बस्ने १८ वर्षीय रविन परियार तथा २८ वर्षीय निर्मल परियार रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रहरी प्रभाग ट्याङलाफाँटबाट खटिएको प्रहरी टोलीले सन्तोष विष्ट, धर्मेन्द्र खडायतलाई बाग्मती प्रदेश०२–०१८प ७९३६ नम्बरको एनटिओआरओ १२५ सिसी स्कुटर तथा प्रहरी बृत्त थिमी भक्तपुर क्षेत्रबाट चोरी भएको बा६४प ३७५५ नम्बरको १२५ सिसीको डियो स्कुटरसहित रविन परियार र निर्मल परियारलाई पक्राउ गरिएको हो ।” रासस