• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   जुनमा भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक ★   संविधान संशोधनमा सहमत हुने दलहरुलाई ओली नेतृत्व सरकारमा समावेश गरिने ★   देशका महत्वपूर्ण मुद्दा सम्बोधन गर्न राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुन्छ: काँग्रेस ★   एमाले अध्यक्ष ओली बालुवाटारमा ★   एमाले सचिवालय बैठक बस्दै ★   नयाँ राजनीतिक घटनाक्रममा बालेनको कटाक्ष: काले काले मिलेर खाऊ भाले ★   नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै ★   रोल्पाको तालाबाङमा जिप दुर्घटना: सात जनाको मृत्यु ★   नेपालको शिक्षा प्रणाली, एसईई परिणाम र तितो यथार्थ : एक आलोचनात्मक विश्लेषण ★   देउवाले आफ्नै निवासमा बोलाए पदाधिकारी बैठक

नेपालको माघेसंक्रान्तिलाई भारतको कन्दमुल



काठमाडौं। माघेसंक्रान्तिमा उपयोग हुने कन्दमुलका लागि नेपालीले भारतकै भर पर्नुपरेको छ । विशेष गरेर माघेसंक्रान्तिमा विभिन्न कन्दमुल खाने परम्परा छ । माघेसंक्रान्तिमा तरुल, सखरखण्ड, वन तरुललगायतका कन्दमुल खाने नेपाली परम्परा रहेको छ । नेपाल कृषि प्रदान देश भए पनि यस्ता विभिन्न कन्दमुल नेपालमा पर्याप्त उत्पादन गर्न नसक्दा भारतकै भर पर्नुपरेको हो । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा मात्र भारतबाट ४७ लाख १४ हजार रुपैयाँ बराबरको सखरखण्ड आयात भएको छ ।

कालीमाटी तरकारी तथा फलफूल थोक बजार संघका अध्यक्ष भरत खतिवडाले सखरखण्ड नेपाली बजारको मागअनुसार उत्पादन नहुँदा व्यापारीहरूले बाध्य भएर आयात गर्नुपर्ने बताए । स्वदेशमा पर्याप्त उत्पादन नहुँदा माघेसंक्रान्तिका लागि मात्र भारतबाट व्यापारीहरूले ५० टन सखरखण्ड आयात गर्ने गरेको खतिवडाले बताए । उनका अनुसार भारतबाट आयात गरेको सखरखण्ड प्रतिकिलो ५० रुपैयाँमा खरिद हुने गरेको छ । सो हिसाबले माघेसंक्रान्तिमा व्यापारीले करिब २५ लाख रुपैयाँको आयात सखरखण्ड आयात गर्ने गरेका छन् ।

संघका अध्यक्ष खतिवडाले बजारको मागअनुसार उत्पादन गर्न नसक्दा कन्दमुलका लागि भारतको भर पर्नु परेको बताए । माघेसंक्रान्तिमा प्रयोग हुने कन्दमुल नेपालमा पर्याप्त उत्पादन हुन नसक्दा कन्दमुलकै लागि वार्षिक लाखौं रुपैयाँ बाहिरिने गरेको खतिवडाको भनाइ छ । यसैगरी यस वर्ष स्वदेशीमा उत्पादन हुने तरुल गत वर्षको भन्दा कम हुँदा गत वर्षको तुलना तरुलमा १० देखि १५ प्रतिशत महँगो हुने खतिवडाको भनाइ छ । खतिवडाले सबैभन्दा धेरै महँगो स्वदेशी वन तरुल रहेको हुने बताए ।

स्वदेशी वन तरुल प्रतिकेजी ४ सयदेखि ५ सय पर्ने बताए । विगतका वर्षमा तरुलसमेत भारतबाट आयात हुने गरेको थियो । हाल नेपालको उत्पादन बढ्दा पछिल्लो समय भारतबाट तरुल आयात भने रोकिएको उनले बताए । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका प्रवक्ता विनय श्रेष्ठले माघेसंक्रान्तिमा भारतबाट सखरखण्ड मात्र आउने गरेको बताए । माघे संक्रान्तिमा प्रयोग हुने तरुल भने नेपालकै उत्पादन भएको बताए ।

कालीमाटी बजारमा धेरैजसो सर्लाही, सल्यानलगायतका जिल्लाबाट आउने गरेको बताए । श्रेष्ठले विभिन्न तराई तथा पहाडी जिल्लाबाट कालीमाटी बजारमा दैनिक २ सय ५० देखि ३ सय टन तरुल भित्रिने बताए । उनका अुसार गत वर्षको तुलना यस वर्ष प्रतिकिलो १० रुपैयाँ तरुलको मूल्य बढेको छ । गत वर्ष प्रतिकेजी ४० रुपैयाँमा पाउने तरुल यस वर्ष प्रतिकेजी ५० रुपैयाँ पर्ने गरेको बताए । गत वर्षको तुलनामा यस वर्ष नेपाली तरुलको उत्पादन घटेको हुँदा मूल्य महँगो भएको उनको भनाइ छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा भारतबाट ४७ लाख १४ हजार मूल्य बराबरको सखरखण्ड आयात भएको छ । विभागको आर्थिक वर्ष २०७६/७७ को देखि आर्थिक वर्ष २०७१/७२ सम्ममा सखरखण्ड मात्र ३ करोड ७८ लाख ८१ हजार ९ सय मूल्यको आयात भएको छ । राजधानी दैनिकबाट