२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्याब्सन क्रिकेटः काठमाडौंविरुद्ध मधेस



अ+ अ-

काठमाडौँ। नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघले नेपाल सरकारले हालै जारी गरेको ‘नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) (सातौं संशोधन) नियमहरू, २०८२’ प्रति आपत्ति जनाएको छ ।

संघले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संशोधित नियमावलीले चार्टर्ड एकाउण्टेन्ट्स (सिए)को योग्यता र पेशागत गरिमालाई अवमूल्यन गरेको भन्दै आपत्ति जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संघका महासचिव प्रदीप अर्यालले अन्तर्राष्ट्रिय मान्यताअनुसार चार्टर्ड एकाउण्टेन्सीलाई स्नातकोत्तर सरहको उच्च बौद्धिक योग्यता मानिने भएपनि संशोधित नियमावलीमा सहायक योग्यताका रूपमा सीमित गरिएको गुनासो गर्नुभयो ।

उहाँले सिएलाई स्नातक वा स्नातकोत्तरभन्दा तल्लो श्रेणीमा वर्गीकरण गर्नु निन्दनीय र अव्यवहारिक भएको भन्दै तत्काल सच्याउन समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले राजपत्रांकित द्वितीय र तृतीय श्रेणीका पदका लागि सिए उत्तिर्ण जनशक्तिलाई पुनः अन्य विषयमा स्नातक वा स्नातकोत्तर गर्नुपर्ने बाध्यात्मक व्यवस्था नियमावलीमा गरिएको भन्दै तत्काल संशोधन गर्न समेत माग गर्नुभयो ।

उहाँले ‘विभेदकारी’ सोचले स्वदेशमा रहेका उच्च दक्ष जनशक्तिलाई हतोत्साही बनाउने, मनोबल घटाउने र थप जनशक्ति विदेश पलायन (ब्रेन ड्रेन) हुन बाध्य पार्ने चेतावनी दिइएको छ । यसले दीर्घकालीन रूपमा राष्ट्रको आर्थिक विकासमा गम्भीर असर पार्ने संघको भनाइ छ ।

चार्टर्ड एकाउण्टेन्सी परीक्षा उत्तिर्ण गरेका सदस्यहरूलाई सम्बन्धित पदमा स्वतः योग्य मानिने व्यवस्था गर्न नियमावली तुरुन्त संशोधन गर्न उहाँको जोडदार माग छ । –न्युज एजेन्सी नेपाल