१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु



अ+ अ-

बागमती। पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ सान्नानटारमा आज दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख ११७९ नम्बरको टिपरले मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको लु ३४ प ४६७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रूपन्देही जिल्ला निवासी २८ वर्षीय जगदीश थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते थारुलाई उपचारको लागि हेटौँडा अस्पताल ल्याएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो ।

सोही दुर्घटनामा परी मोटरसाइकलमा पछाडी सवार दाडको राप्ती गाउँपालिका ६ निवासी २२ वर्षीय आदित्य चौधरी घाइते भएको र उहाँको हेटौँडा अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

मोटर साइकललाई ठक्कर दिने टिपर र चालक हेटौँडा उपमहानगरपालिका १५ भोर्ले निवासी २६ वर्षीय रोहित तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस