५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

नेकपाको बुझाई: देशले दुई प्रकारका अतिवादको चुनौती सामना गरिरहेको छ

नेकपाको बुझाई: देशले दुई प्रकारका अतिवादको चुनौती सामना गरिरहेको छ
अ+ अ-

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीले वर्तमान राजनीतिक अवस्थालाई संवेदनशील र जटिल भन्दै तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नु अपरिहार्य रहेको बताएको छ। पार्टीले नवयुवापुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन आफूले जिम्मेवार भूमिका निर्वाह गरेको दाबी गर्दै निर्वाचनको विरोध भइरहँदा पनि समयमै निर्वाचन हुनुपर्ने अडान लिएको उल्लेख गरेको छ।

आज पार्टी मुख्यालय पेरिडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले पार्टीले संघर्षपूर्ण इतिहास, स्पष्ट विचार र भावी कार्ययोजनाका आधारमा जनविश्वास बढ्दो क्रममा रहेको जनाएको छ। संविधान जारी भएपछि शासकीय सुधार, उन्नत संघीय लोकतान्त्रिक गणतन्त्र, सुशासन, सामाजिक न्याय, आत्मनिर्भर अर्थतन्त्र, उत्पादन र रोजगारी सिर्जना जस्ता एजेन्डा सबैका साझा विषय बनेको बताउनु भयो ।

पत्रकार सम्मेलनमा बितरण गरिएको वक्तव्यमा देशलाई सही दिशामा नेतृत्व गर्न सक्षम शक्ति आफूहरू मात्र रहेको पनि उल्लेख गरिएको छ।

पार्टीले देश अहिले दुई प्रकारका अतिवादको चपेटामा परेको टिप्पणी गरेको छ। एकातिर कुशासन र दमनकारी प्रवृत्ति, अर्कोतर्फ लोकतान्त्रिक संस्थामाथि आक्रमण गर्ने गतिविधि—यी दुवै लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र राजनीतिक स्थिरताका लागि घातक रहेको ठहर गरिएको छ। निहत्था युवामाथि दमन गर्ने र सुरक्षाकर्मी तथा नागरिकलाई लक्षित हिंसात्मक गतिविधि गर्ने दुवै प्रवृत्तिको पार्टीले विरोध जनाएको छ।

यसैबीच, निर्वाचन आचारसंहिता उल्लङ्घनका गतिविधिप्रति पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। केही सञ्चारमाध्यमले भ्रामक सूचना फैलाएको आरोप लगाउँदै पत्रकारिताको मूल्यमान्यता र नैतिकता पालना गर्न आग्रह गरिएको छ। साथै नेपाल प्रेस काउन्सिललाई आचारसंहिताको निष्पक्ष अनुगमन गर्न अपिल गरिएको छ।

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिँदै आयोगमाथि उठेका प्रश्नहरू सम्बोधन गर्दै जनविश्वास कायम राख्नुपर्ने उल्लेख गरिएको छ।

पार्टीले सम्पूर्ण मतदातालाई सबै दलका विचार, विगत र भावी योजना मूल्याङ्कन गरी विवेकपूर्ण निर्णय लिन आग्रह गरेको छ। वर्तमान संकटबाट देशलाई बाहिर निकाल्न सरकार, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षलाई उच्चतम इमानदारी र जिम्मेवारीका साथ निर्वाचन सम्पन्न गर्न आह्वान गरिएको छ।