२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मस्कोस्थित कार्यालय भवनमा आगलागी, १६ जनाको उद्धार



अ+ अ-

मस्को। मस्कोको उत्तरी क्षेत्रमा रहेको एक कार्यालयको भवनमा आगलागी भएको छ ।

समाचार तयार पार्दासम्म भवनबाट १६ जनाको उद्धार गरिएको रुसी आपतकालिन व्यवस्था मन्त्रालयले सोमबार जानकारी दिएको छ । अहिले आगलागी नियन्त्रणमा लिइसकिएको छ ।

आगलागी भवनको चौथो तलामा भएको र आगलागीले ८० वर्गमिटर क्षेत्रफलमा क्षति पुगेको बताइएको छ । समाचार तयार पार्दासम्म आगलागी पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

यसैबीच, स्थानीय अधिकारीहरूले प्रारम्भिक जानकारीलाई उद्धृत गर्दै भनेका छन्, “आगो लाग्नुको कारण विद्युतीय उपकरणहरूमा आकस्मिक रूपमा समस्या आएका कारण भएको हुनसक्ने देखिएको छ।”

अधिकारीहरूले आगलागीको कारण स्थलगत अनुसन्धानको नतिजाको आधारमा पछि सार्वजनिक गरिने बताएका छन् ।

मन्त्रालयका अनुसार अनुसन्धान समितिले आगलागीबारे अनुसन्धान प्रक्रिया सुरु गरिसकेको र यसबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिनेछ। (रासस/सिन्ह्वा)