२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा इजरायली आक्रमणमा ११ प्यालेस्टिनीको मृत्यु



अ+ अ-

काठमाडौँ।  गाजा पट्टीका विभिन्न स्थानमा इजरायलले गरेको हवाई आक्रमणमा आईतवार ११ जनाको ज्यान गएको छ ।

नागरिक रक्षा निकायकाअनुसार उत्तरी र दक्षिणी गाजाका शरणार्थी शिविर र विस्थापितहरूको आश्रयस्थलमा यी आक्रमणहरू भएका हुन् ।

यसअघि नौ जनाको मृत्यु भएको बताइए पनि पछि मृतकको संख्या परिमार्जन गरिएको थियो । नागरिक रक्षा प्रवक्ता महमुद बसलले इजरायली लडाकु विमान र ड्रोनले बिहानदेखि मध्याह्नसम्म विभिन्न क्षेत्रमा आक्रमण गरेको बताउनु भयो

। गाजा शहरको पश्चिममा पर्ने तेल अल–हावामा भएको ड्रोन आक्रमणमा सामी अल–दहदोह नाम गरेका एक व्यक्तिको मृत्यु भएको छ । जो इस्लामिक जिहाद समूहका सदस्य रहेको बताइएको छ ।

त्यस्तै, उत्तरी गाजाको बेत लाहियामा भएको अर्को आक्रमणमा तीन जना गम्भीर घाइते भएका छन् । यसअघि जबालिया शरणार्थी शिविर र खान युनिसमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा १० जनाको मृत्यु भएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार इजरायली सेनाले जबालियाको उत्तरमा रहेको शेख जायद क्षेत्रमा घरहरू समेत भत्काएका छन् । गाजा शहरको पूर्वी भागमा पर्ने अल–तुफाह क्षेत्रमा पनि आर्टिलरी गोलाबारी भएको खबर छ ।

गाजा स्वास्थ्य अधिकारीका अनुसार युद्धविराम लागू भएदेखि ६०१ प्यालेस्टिनी मारिएका छन् भने १ हजार ६ सय ७ घाइते भएका छन् ।

७ अक्टोबर २०२३ देखि हालसम्म कुल मृतकको संख्या ७२ हजार ६१ पुगेको छ र १ लाख ७१ हजार ७ सय १५ जना घाइते भएका छन् ।
(सिन्ह्वा/ न्युज एजेन्सी नेपाल)