५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

चन्दननाथ गुठीको १०८ रोपनी जग्गा अतिक्रमण

चन्दननाथ गुठीको १०८ रोपनी जग्गा अतिक्रमण
अ+ अ-

जुम्ला । जुम्लास्थित चन्दननाथ गुठीको ठूलो मात्रामा जग्गा व्यक्तिविशेषले अतिक्रमण गरिसकेका छन्। चन्दननाथ र भैरवनाथ मन्दिर परिसरमा विभिन्न व्यवसाय सञ्चालन गर्नुका साथै स्थायी संरचना बनाएका छन्। चन्दननाथ राजगुठीको १ लाख ४ हजार वर्गमिटर (करिब २ सय ५ रोपनी) जग्गामध्ये हाल मन्दिर रहेको क्षेत्रमा १४ सय ७९ वर्गमिटर र मन्दि नजिक सेरा खेत ४८ हजार ३ सय वर्गमिटर मात्र रहेको प्रमाण छ। बाँकी करिब १ सय ८ रोपनी व्यक्तिका नाममा पुगेको पाइन्छ।

‘केही समय भाडामा लिने, पछि अतिक्रमण गर्दै लैजाने गर्दा गुठीको जग्गा मासिँदै गएको पाइयो’, उक्त गुठीका उपाध्यक्ष दया खत्रीले भने, ‘फिर्ता ल्याउन मुद्दा प्रक्रियामा समेत गइएको छ।’ सोही गुठीका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले पनि ठूलो मात्रामा जग्गा व्यक्तिले नामकरण गरिसकेको बताए। ‘नापीका बेला आफ्नो नाममा गरेका रहेछन्, धेरैपछि रहस्य थाहा हुन्छ’, उनले भने।हिमाली जिल्लामा खसहरूको पहिचान रहेको जुम्लाको चन्दननाथ गुठीको रैकर जग्गा पनि बेहिसाब छ।

कुडारीमा १ लाख १९ हजार ४ सय ५२ वर्गमिटर, कनकासुन्दरीमा २६ हजार २ सय ३५ वर्गमिटर, तलिहुममा २ लाख ३१ हजार ३ सय ३१ वर्गमिटर, कार्तिकस्वामिमा ४० हजार २ सय २४ वर्गमिटर, चन्दननाथमा ७० हजार ६ सय ६८ वर्गमिटर, पटमारामा ९० लाख ४ हजार ७ सय ८८ वर्गमिटर, देपालगाँउमा ४८ हजार ५८ सय ६९ वर्गमिटर, गज्यङकोटमा ८६ हजार ७४ वर्गमिटर, महतगाँउमा ८९ हजार ४ सय ७६ मिटर, बड्कीमा ११ लाख ५६ हजार १ सय ८८ वर्गकिलोमिटर त्यस्तो जग्गा छ। त्यसको कुत भने मन्दिरले अति कम मात्रामा पाउने गरेको छ। धेरैले तिर्ने गरेका छैनन्।

जुम्ला बजारकै बीचमा रहेको र महँगो भएकाले धेरैको आँखा गुठीकै जग्गामा जाने गरेको छ। धेरैले कम समयका लागि जग्गा भाडामा लिने धेरै समयसम्म नछाड्ने गरेको पाइएको छ। कसैले स्थायी भौतिक संरचना बनाएका छन्।

अवैध रेस्टुरेन्ट: जिल्ला सहकारी संघले स्याउ ग्रेडिङ मेसिन सञ्चालन गर्ने भनी ०७२ फागुन २० गते मन्दिरको जग्गा भाडामा लियो। उसले मेसिन राख्न भवन पनि बनायो। तर, स्याउ ग्रेडिङ मेसिन राखेन। बरु उल्टै एप्पल रेष्टुराँलाई भाडामा लगायो। रेस्टुरेन्ट सञ्चालक चन्द्र सुनारले आफ्नै नाममा गुठीसँग सम्झौता रहेको बताए। गुठीमा भने त्यस्तो किसिमको कुनै सम्झौता देखिँदैन। उक्त जग्गा भाडामा लिने जिल्ला सहकारी संघका अध्यक्षले भने सुनारलाई जिमखाना सञ्चालन गर्न दिएको बताए।

गुठीका उपाध्यक्ष खत्रीले जिल्ला सहकारीलाई स्याउ ग्रेडिङ मेसिन सञ्चालनका लागि दिएको जनाए। ‘सम्झौताको बुँदा १० मा भाडामा लिएको जग्गा सफा राख्ने, सामाजिक, धार्मिक रीति, थिति खलबल आउने कुनै पनि क्रियाकलाप गर्ने छैन भनी प्रतिबद्धता गरिएको छ’, उनले भने, ‘रेस्टुरेन्ट चलाउँदा धार्मिक कार्यविपरीत हुने भएकाले तत्काल बन्दको प्रक्रियामा लगिनेछ।’

छानबिन भयो, कार्यान्वयन भएन:गुठीको जग्गामा तीव्र अतिक्रमण भएपछि ०७१ सालमा कालीबहादुर थापाको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिले २५ जेठ ०७१ मा गुठी व्यवस्थापन समितिलाई बुझाएको प्रतिवेदनअनुसार गज्र्याङकोट तथा गुठीचौरमा ३ हजार ५ सय ७३ वर्गमिटर जग्गा अतिक्रमण गरेर ५ जनाले घर बनाएका छन्। दलजित बुढा, गंगा बुढा, कालीबहादुर बुढा, हंश बुढा, दीपबहादुर कामी र पूर्ण बुढाले गुठीको जगा हो भन्ने थाहा हुँदाहुँदै पनि घर बनाएको खुलेको छ।

त्यस्तै, चन्दननाथ नगरपालिकाको कालेखोली र बजार क्षेत्रमा पनि गुठीको जग्गा अतिक्रमण भएको छ। गुठीकै जग्गामा चन्दननाथ–३ का बिर्खबहादुर स्वाँरले घरसम्म जाने बाटो बनाएका छन्। गुठीकै जग्गामा चन्दननाथ–४ डाँडाकोटमा सार्वजनिक सडक बनाइएको छ। चन्दननाथकै प्रवीण श्रेष्ठले बारी र शौचालय, पारस महत, विनोद शेरचन र नवराज गिरीले शौचालय, पदम खत्रीले घर, बारी र शौचालय तथा प्रभा श्रेष्ठले बारी बनाएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार जग्गा अतिक्रमण गरेर वसुन्धरा नगरकोटी, तिल सुनार र दत्त सुनारले टहरासमेत बनाएका छन्। यी सबै मापदण्ड विपरीतका संरचना भएको समितिले बताएको छ। अन्नपुर्णपोष्ट दैनिकबाट