२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कूल बस दुर्घटना ‘अपडेट’: छ जनाको उपचार हुँदै



अ+ अ-

बागलुङ । गत बिहीबार बागलुङ नगरपालिका–३ रात्माटामा भएको स्कूल भ्यान दुर्घटनाका २४ घाइतेमध्ये १८ जना विद्यार्थी उपचारपछि घर फर्केका छन् । बस दुर्घटनामा धौलागिरी अस्पतालमा उपचाररत सबै घाइते घर फर्किएका हुन् ।

गत बिहीबार बागलुङ नगरपालिका–१ स्थित न्यू एभरेष्ट बोर्डिङ स्कुलको ग १ च ८६२१ भ्यान दुर्घटना भएको थियो । दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।

कक्षा ४ का सुजल छन्त्यालको उपचारको क्रममा शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  र कक्षा ८ का अमन बोहोराको दुर्घटना भएकै दिन धौलागिरी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना सङ्गम किसानको उपचार भइरहेको छ । बाँकी पाँच जना अनन्या किसान, आयान बोहोरा, सोलुमान रसाइली, निकित किसान र सुमन गैरेको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेको धौलागिरी अस्पताल बागलुङका प्रमुख डा किरण तिवारीले जानकारी दिनुभयो ।

दुर्घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालको संयोजकत्वमा समिति गठन भएको छ । रासस