१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा



अ+ अ-

कास्की। जावलाखेल युवा क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न क्वाटरफाइनलको दोस्रो खेलमा अपि चर्च ब्वाइज युनाइटेडविरुद्ध ३–० गोलसहित जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको हो ।
जावलाखेलका लागि धर्वेन्द्र कुवँरले खेलको ४८औँ मिनेटमा खाता खोले । पेनाल्टी क्षेत्रबाट गरेको प्रहार चर्चका गोलकिपर दीप कार्कीले फुत्काएपछि गोल भएको थियो । विदेशी खेलाडी निकोलसले ८८औँ मिनेटमा अग्रता दोब्बर बनाए । इन्जुरी समयमा वैकिल्पक खेलाडीका रूपमा मैदान प्रवेश गरेका सुजन गुरुङले गोल गरेपछि जावलाखेल फराकिलो अन्तरले जित निकाल्न सफल भयो ।

प्रतियोगितामा सोमबार मनाङ मस्र्याङदी क्लब र थण्डरबोल्ड नर्थ युनाइडेट सिक्कीमबीच खेल हुनेछ । यही फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशका तीन र नेपालका नौ गरी १२ टोली सहभागी छन् ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेताले रु सात लाख एक हजारसहित ट्रफी पाउने आयोजकले जनाएको छ । रासस